हिउँदे बाली भित्र्याउँने चटारोमा किसान (फोटो फिचर)

प्यूठान । प्युठान उपत्यकालागाएत आसपासका गाउँमा यतिबेला कृषकहरूलाई हिउँदे बाली भित्राउने चटारो भएको छ ।गहुँ, जहु, मसुरो,चना, केराउ लगाएतका हिउँदे बाली भित्र्याउँने बेला भएसँगै किसानहरू खेतबारीमा व्यस्स्त देखिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण देशमा लकडाउन भएको छ । प्यूठानका किसानहरू भने कोरोनाको त्रास लिएरै हिउँदे बाली भित्र्याउँन व्यस्त रहेको स्थानीय कृषक मिनु गिरीले बताए । सरकारले धेरै भीडभाड नभएर सुरक्षित तवरले किसानहरूलाई खेतबारीमा काम गर्न सुझाएसँगै किसानहरु खेतबारीमा व्यस्त देखिएका हुन् ।

‘सरकारले धेरै मानिस जम्मा नहुन भनेपछि एक्लाएक्लै भएर गहुँ काट्न व्यस्त छौँ,’ प्यूठान नगरपालिका–९ का स्थानीय कृषक टोपबहादुर केसीले भने, ‘यस वर्ष फाट्ट फुट्ट सिंधुरे रोग देखिए पनि उत्पादन बढेको छ ।’

‘अन्नबाली पाक्ने समय भएकोले लगाइएको बाली पाकेर झर्ने अवस्थामा पुगिसक्यो कसरी भित्र्याउने भन्ने चिन्ता लाग्न थालेको छ’, प्युठान नगरपालिकाका– ९ खरिबोटका किसान नुमबहादुर केसीले भने ।

प्युठान जिल्लामा ८ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । गत वर्ष २४ हजार ५४९ मेट्रिक टन गहुँ उत्पादन भएकोमा यस वर्ष बढ्ने कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेश श्रेष्ठले जानकारी दिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया