कोरोनाको त्रासले पूजापाठ बन्द

दैलेख । कोरोना भाइरसको सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापी लकडाउन भएपछि दैलेखका विभित्र मन्दिरहरूमा गरिँदै आएका पूजापाठको काम बन्द गरिएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर १० मा रहेको नाभिस्थान मन्दिरमा केही समयका लागि पूजापाठ बन्द गरिएको हो । विश्वव्यापी महामारीका रूपमा पैmलिएको कोरोना भाइरसको सङंक्रमणलाई मध्यनजर गरी देश लकडाउनको अवस्थामा रहेको समयमा मन्दिरको पूजापाठ समेत बन्द गरिएको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन गरेको समयमा पूजापाठ बन्द गर्ने निर्णय गरिएको नाभिस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार योगीले जानकारी दिए । उक्त मन्दिरमा गरिने पुजा पाठसँगै बलि पनि रोकिएको योगीको भनाई छ ।

अध्यक्ष योगीले एक सूचना प्रकाशित गरी पूजापाठ रोकिएको जानकारी दिएका हुन् । अहिलेको परिस्थितिमा पूजापाठमा सहभागी नभइ सहयोग गरिदिन आग्रह गरिएको छ । प्रकाशित सूचनामा अध्यक्षले यसबाट भक्तजनमा पर्न गएको असुविधाका लागि समितिले क्षमा मागेकोसमेत उल्लेख गरेका छन् ।

सदरमुकामा औषधी स्प्रे

आइतबार दैलेख सदरमुकाममा कोरोना भाइसरलगायत अन्य रोगका किटाणु मार्नका लागि नारायण नगरपालिकाको कार्यालय दैलेखले नगरपालिका भित्रका भिभिन्न ठाउँमा किटनाशक औषधि छर्न सुरु गरेको छ ।

बजार क्षेत्र र भीडभाड बढी हुने क्षेत्रमा नारायण नगरपालिकाले औषधी छर्न सुरु गरेको हो । बजार, भिडभाड हुने क्षेत्र र नालामा औषधी छर्न सुरु गरिएको जानकारी नगरपालिकाले दिएको छ । नारायण नगरपालिकाको दमकलबाट औषधी स्प्रे गर्न सूरु गरिएको हो ।

नारायण नगरपालिकाका बजार, पुरानो बजार, देवकोटा चौक, गणेश चौक, काँडाचौरलगाएतका स्थानमा औषधी गर्न सुरु गरेको नगर प्रमुक रत्नबहादुर खड्काले बताए । इन्द्रदल गुल्म दैलेखको सहयोगमा आइतबारबाट औषधी गर्न थालीएको छ ।

युवाको अनुरोध

कोरोनाबाट बच्नको लागि दैलेखका युवाहरू सक्रिय भएका छन् । कतिपय युवाहरू समाजसेवामा अग्रसर देखिन्छन् । कतिपयले सरसफाइमा सजग पारेका छन् भने कसैले गरिव र विपन्न परिवारलाई मास्क वितरण गरिरहेका छन् ।

विगत केही समय देखि एक युवा प्रेरणादायी कार्यक्रमहरू गर्दै आइरहेका थिए उनी अहिले समाजमा कोरोना भाइरस बाट कसरी बच्ने भन्ने कुराको बारेमा आम नागरिकलाई फोन गरेर वा आफ्नो सामाजिक सञ्जालबाटै प्रेरणा जगाई रहेका छन् ।

कोरोनाको कारण देश लकडाउन भएको अवस्थामा सभा तथा गोष्ठी नहुने भएकोले फोन तथा सामाजिक सञ्जालबाट आम नागरिकलाई प्रेरणा दिईरहेको बताएका छन् ।

कोरोना भाइरसले विश्व आतंकित पारीरहेको अवस्थामा जसरी बलभद्र कुँवर जस्ता नेपाली योद्घाहरूले नालापानीमा लडेर देश भक्ति देखाएका थिए त्यसरी नै आज आफू सुरक्षित भएर हजारौँलाई संक्रमणबाट रोक्न सकिने कुराको मनन गर्दै राजेन्द्र अधिकारीले सबैलाई यस गम्भीर संकटको अवस्थामा घरमै बसेर देशभक्ती देखाउँन अनुरोध गरेका छन् ।

प्रतिक्रिया