धावन मार्गमा चिप्लियो नेपाल एयरलाइन्सको विमान

काठमाडौं । नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । कोरोनाभाइरसको आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएको थियो ।

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य थिए । उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विमान अवतरण गर्नेबेलमा चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।

दुर्घटनामा परेको उक्त विमानमा सामान्य क्षति पुगेको र प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।

प्रतिक्रिया