दक्षिण एसियामा कोरोनाका कारणा ३८ को मृत्यु

कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाको मृतयु भएको छ । भारतमा एकैदिन ८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबै भन्दा धेरै २० पुगेको छ। त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ।

पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌। पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन्‌।

बंगलादेश मानवीय क्षतिको संख्या तेस्रो छ। त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन्‌। अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌।

श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन । अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌।

प्रतिक्रिया