बहराइनमा पनि भेटियो तीन जना नेपालीमा कोरोना

काठमाडौं । बहराइनमा पनि तीन जना नेपालीमाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

जसमा तीन जना नेपाली कामदार रहेका छन् । बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । उनीहरूलाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको छ ।

प्रतिक्रिया