धेरैको घरबार धान्दै फैलिएको तेह्रथुमे ढाका कपडा

हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरू भएको छ । यस कार्यमा चेतनाको वृद्विदर पनि बढी रहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस्, वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौँ मानिसहरूले आफूले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसा बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरू भएको छ । यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरू आनुधिक जमानाको नाममा आपूm खुसी जथाभावी गर्नेभन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

यसरी हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरूले आपूmले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरू भएको छ । यो क्रम बढ्दै गएको छ ।

तेह्रथुममा व्यवसायीक रूपमा ढाका बुन्न÷उत्पादन गर्न कसले सुरू गर्यो ? भनी खोज्ने हो भने, सम्भवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफे हुन् भनेर भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजारमा आजभन्दा झण्डै ३०÷३१ व्र्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर÷खोलेर ढाका उद्योग सुरु गरेकी थिइन् । उज्ज्वलताका अनुसार सुरुमा ढाकाबुनाई सुरु गर्दा आपूm एक्लैले र, एउटा तानबाट सुरु गरेकी थिइन् । अहिले भने करिब कम्तीमा २ सय ५० देखि ३ सय ५० जनासम्मले र बढीमा ४ सय ५०देखि ५ सय ५०÷६० जना कामदारले उनको ढाका उद्योगमा प्रत्क्षय अप्रत्क्षय रूपमा रोजगारी पाइरहेका छन् ।

यसरी हेर्दा ‘तेह्रथुमे ढाका’ उद्योग एउटा मझौला घरेलु उद्योगको रूपमा स्थापित भएको छ । उज्ज्वलताका अनुसार उनको ढाका उद्योग यसरी स्थापित हुँदासम्म धेरै मान्छेहरूले धेरै खालका टीका–टिप्पणीहरू गरे । तै पनि उनले कुनै प्रवाह नगरी आफ्नो कर्ममा लागी रहिन् । उखानै छ, ‘कुकुर भुक्दै गर्छ हात्ती हिंँड्दै गर्छ ।’ नानाथरि भन्नेहरूले भन्दै गरे, उनले आफ्नो कामलाई निरन्तरता दिई नै रहिन् । तब न उनको ढाका उद्योगले तेह्रथुम जिल्लाकै नाम नेपालभर मात्रै नभएर विश्वभरि नै फैलाउनमा सहयोग गर्यो ।

उनी विगत सम्झँदै भन्छिन्, ‘अहिले त धेरै राम्रो छ । सबैले हाईहाई गर्छन् । तर, विगत सम्झँदा आफ्नै भनिएका मान्छेहरूले कुरा काटेको सुन्दा र, कसैले पनि खुल्ला दिलले साथ नदिएको सम्झदा दुःख लाग्छ । उनी थप्छिन्, ‘त्यति बेला कृषि र घरेलु उद्योगमा गएर सहुलियत ऋण माग्दा ऋण दिने त कता हो, कता ! कर्मचारीहरू बोल्नसम्म पनि मान्दैन थिए । तर, पछि गएर आपूmले प्रगति गर्दै जाँदा त्यही कृषि र घरेलु उद्योगको तेह्रथम शाखाले बिना धितो ऋण दिन थालेको पनि उनी अहिले हो जस्तो लाग्छ भन्छिन् । उज्वलता थप भन्छिन्, पछि आएर आप्mनो उत्पान राम्रोसँग बिक्री हुन थालेपछि र, विदेशीहरूले समेत उनीहरूको देशमा मगाउन थालेपछि सर–सापट, ऋण र सरसहयोगको जरुरत पनि परेन ।

उज्वलताको ढाका उद्योगमा काम गर्ने थुप्रै बुनकर मजदुरमध्ये एक रवि पाँचथरका दिलमान विश्वकर्मा (हाल उनले सो उद्योग छाडीसके) भन्छन्, ‘दिनमा ६–८ रुपैयाँसम्म कमाई हुन्छ । कमाइ राम्रै छ भन्नुप¥यो ।’ ढाका बुन्न पोख्त वा भनौँ जान्ने भइसकेका बुनकर मजदुरहरू ठेक्कामा बुन्दा पोसाउने (बढी कमाइ हुने) बताउँंिछन्, तेह्रथुम पिप्ले घर भएकी लक्ष्मी विश्वकर्मा । उनी भन्छिन्, के गर्नु, जिन्दगीभरि साथ दिने कसम खाएर मरिहत्ते गरेर विवाह गरेका बूढोले धोका दिएर गए । दुई लालाबाला पालेर बसेकी छु । कमाइ ठीकै छ ।

अरू त के गर्नु र ? ज्यान पालेकी छु । केटाकेटी पालेकी छु, त्यत्ति हो ।’ उज्वलताका अनुसार उनको ढाका उद्योगमा काम गर्ने बुनकर मजदुरहरूलाई सकेसम्म राम्रो सेवा सुविधा दिइएको छ । हुन पनि केही वर्ष अघिसम्मको तथ्यांक हेर्दा तेह्रथुमबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता–कपडा लगभग दुई करोड बराबरको बिक्री हुने गरेको थियो भने आजको मितिसम्म आउँदा लगभग दुई करोड ५० लाख देखि तीन करोडसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट मात्रै बाहिर जान्छ भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसो त पाँचथर जिल्लाको थर्पु गाऊँकी कल्पना योङहाङ पनि हाल (विसं २०६२ देखि) तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजार आएर ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिन् । हाल उनले नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागि परेकी छिन् ।

यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । उनका अनुसार सुरूमा उनले १५ हजार लगानीमा नेपाली ढाका र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन् । स्मरणीय के छ भने, यसरी तेह्रथुमे (समग्र नेपाली ढाका) ढाका उत्पादन, बजार प्रवद्र्धन र बिक्री गर्नका लागि उनले कुनै शो रूम, अफिस वा कार्यलय छैन खोलेकी छैनन्, उनी यी सबै काम फेसबुकबाटै गर्छिन् ।

हाल तेह्रथुमे ढाकाअन्तर्गत के–के उत्पादन हुन्छ त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनी स्कर्ट, ओभर कोट, सल, इस्टकोट, मेख्ली, कोट, सुरूवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमान तयार हुन्छ । ढाका र ढाकाजन्य उत्पादन बिक्रीको कुरो गर्दा स्थानीयस्तरमा भने शुक्रबारे हाटका दिन नै धेरै बिक्री हुने बताउँछन्, ढाका कपडा र ढाकाजन्य उत्पादनका सरसामान बिक्री गर्ने व्ययसायीहरू ।

त्यसो त हाल अधिकांश नेपाली क्रेताहरू विदेशमा रहेका आफन्तहरूलाई कोशेली पठाउन र, आफै पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरूमा लगाउनका लागि किन्नेहरू बढी मात्रामा शुक्रबारे हाटकै दिन आउँंछन् । त्यस्तै, हाल लिम्बूलगायत आदिवासी जनजातिहरूले गीत–संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरूले लगाउने डे्रस–अपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ ।

त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरी लगायत घमघाममा आउने आन्तरिक पर्यटकहरूले पनि जिल्ला छाडेर जाने बेलामा कोशेलीको रूपमा टाई, साडी, सर्ट, टोपी, स्कर्ट, मिनी स्कर्ट, रूमाल, पर्स, ओभर कोट, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् ।

त्यसो हाल उज्वलता, कल्पना लगायत दर्जनौँले संस्थागत रूपमै ढाका र ढाकाजन्य लत्ताकपडा उत्पादनमा लागेका छन् । यीबाहेक धेरैले व्यक्तिगत रूपमा पनि ढाका उद्योगमा हात हालेका छन् तेह्रथुममा थुप्रै खुलीसकेको छ भने कतिपयले व्यक्तिगत रूपमा घरघरै पनि ढाका बुन्ने गरेका छन् ।

प्रतिक्रिया