दैलेखमा दुर्घटना, ६ जना घाइते

दैलेख । दैलेख जिल्लामा सोमाबार भएका छुट्टा छुछ्टै दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिकामा डोजर र दुल्लु नगरपालिकामा एकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको गाडी दुर्घटना हुदाँ ६ जना घाइते भएका हुन् । दुल्लुमा भएको गाडी दुर्घटना करिब १२ बजे तिर बा १ झ ६५५७ नंको गाडी दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । सोमबार नै जिल्लाको ठाटिकाँधका सडक खन्दै गरेको डोजर दुर्घटना हुदाँ २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अँध्यारोमा विहानै सहचालकले डोजर चलाउँदा सडकबाट २० मिटर तल खसेको ठाटिकाँध प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक रत्नबहादुर खड्काले बताए ।

दुल्लुमा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यालय नजिकै देउतिगढ कृषि डाँडामा अड्याएर राखिएको जिप चलाएर बाहिर जाने क्रममा जिपको व्रेक फेल भइ डाँड देखि २०० मिटर तल नगरपालिका कार्यालयको भवनमा गाडी खसेको थियो । प्रहरीका अनुसार डोजरमा घाइतेको ठाटिकाँध गाउँपालिकाकै स्वास्थ्य केन्द्रमा उपचार भइरेको छ ।

उक्त गाडीमा घुर्घटना परेका जिपचालक भैरवी गाउँपालिका २ का ३२ बर्षिय गोकुल खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका कर्मचारी समेत रहेको भैरवी गाउँपालिका २ कै ३५ बर्षिय माधव रिजाल , दुल्लु नगरपालिका–५ का २५ बर्षिय सुरेन्द्र रिजाल र दुल्लु न.पा–८ का २० बर्षिय विक्रम उपाध्यायलाई दुल्लु अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया