रासस पत्रकारिता पुरस्कार अधिकारी र झालाई

काठमाडौँ । नेपाल पत्रकार महासंङ रासस प्रतिष्ठान शाखाद्वारा स्थापित यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्यकारी सम्पादक दिलीप अधिकारी र वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झालाई प्रदान गरिने भएको छ । शाखाले पुरस्कार छनोट समितिको सिफारिसमा उनीहरुलाई उक्त पुरस्कार प्रदान निर्णय गरेको हो ।

पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ । यही फागुन ७ गते आयोजना हुने राससको ५९औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने छ । शाखाले यस वर्ष राससका पूर्वसम्पादक धर्मप्रसाद थापालाई ‘पूर्वकर्मचारी सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाले हरेक वर्ष प्रदान गर्दै आएको यस वर्षको ‘उमाकान्त–गीतादेवी– चन्द्रमणि रजौरे स्मृति पत्रकारिता पुरस्कार’ रुकुमपूर्वकी जिल्ला समाचारदाता सर्जना कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेले आफ्ना पिता–माता र भाइको नाममा सो पुरस्कार स्थापना गरेका थिए । पुरस्कारको राशि रु पाँच हजार नगद र प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया