गायक लक्षुप्रकाशले गरे विश्व कीर्तिमान कायम

काठमाडौँ । गायक लक्षुप्रकाश मल्लले विश्व कीर्तिमान कायम गरेका छन् । उनको ‘म वियोगमा बाँचीरहेँ’ बोलको गीतले विश्व किर्तीमान कायम गरेर प्रमाणपत्र पनि पाइसकेका छन् । ई–क्रोमेटिक स्केलमा संगीत विधाको १२ वटै स्वर प्रयोग गरेर गीत बनाइएको थियो । संगीतले नयाँ कीर्तिमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको प्रमाणपत्र (सर्टिफिकेट) उनले प्राप्त गरेका हुन् ।

राजधानीमा शनिबार आयोजित रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मलेनमार्फत त्यस बारेमा जानकारी गराइएको छ । उक्त गीतमा गायक लक्षुप्रकाशको आफ्नै संगीत र एकल आवाज रहेको छ भने गीतकार डा. दलिप कुमार मल्लको शब्द रहेको छ । गायक मल्लले आफू ०५९ सालदेखि कला क्षेत्रमा सक्रिय रहेको जानकारी दिए । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह रहेको कार्यक्रममा , विशेष अतिथि संगीतकार नरहरि प्रेमी, पत्रकार सुदर्शन आचार्य, गायिका देवी हमाल लगायतको सहभागिता रहेको थियो । प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंहले गायक मल्ललाई विश्व कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र हस्तान्तरण गर्दै उनले मल्लको यो कीर्तिमानीले नेपाली गीत संगीतलाई अझै उचाइमा पुर्याएको बताए ।

प्रतिक्रिया