मोर्गन सेमिफाइनलमा

काठमाडौं । मोर्गन पाँचौँ हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ ।बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित गर्यो । मोर्गनको जितमा सिमरन महर्जनले १० अंक योगदान गरिन् । ब्वाइजमा ऋत एकेडेमी, साइपाल एकेडेमी, बर्न हार्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ऋतले काठमाडौं भ्यालीलाई ३०–१७, साइपालले एडमार्कलाई ४७–१३, बर्न हार्टले नोबेल एकेडेमीलाई २७–२६ र सीसीआरसीले नवोदितलाई ४२–२३ ले हराए । ऋतका ललित भण्डारीले १३, साइपालका सागर लामाले १४, बर्न हार्टका दीपेश महर्जनले ११ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे ।

भलिबलको ब्वाईजमा सीसीआरसी र प्रिसियस सेमिफाइनलमा प्रवेश गरेका छन् । ऋत एकेडेमीमा भएको खेलमा सीसीआरसीले टाइम्सलाई २५–१६ र २५–२२ तथा प्रिसियसले हिमालयनलाई २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरे । ब्वाइजमै ग्लेसियर, एन्जल्स हार्ट, जुबिलियन्ट र गीताञ्जली क्वाटरफाइनलमा पुगे ।

प्रतिक्रिया