पानी तताउने भाँडा वितरण गर्दै राष्ट्रिय बाणिज्य बैंक

कालीकोट । जिल्ला अस्पताल कालीकोटका विरामीहरु तथा कर्मचारीहरुलाई चिसो समयमा पानी तताउँने भाडा वितरण गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय कालीकोटको सहयोगमा शनिवार एक कार्यक्रमको आयोजना गरी भाँडा वितरण गरिएको हो ।

बढ्दै गरेको मौसमी रुघाखोकी तथा कोरोना भाइरसको संक्रमणबाट बच्न बैंकको आर्थिक सहयोगमा भाँडा वितरण गरीएको राष्ट्रिय बाणिज्य बैंक कालीकोटका प्रमुख सुरेश मिश्रले बताए ।

वित्तीय संस्था नाफा मुलक मात्र नभई समाजप्रति पनि उत्तरदायित्व भएकाले समाज परिवर्तन गर्न तथा समाजमा आइपर्ने विभिन्न किसीमका समस्याहरु सहजरुपमा निकारण होस् भन्ने उद्देश्यले राष्ट्रिय बाणिज्य बैंक कालीकोटले नयाँ अभियान थोलेको छ ।

आगमी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न विद्यालय, सरकारी तथा गैरसकारी कार्यालय एवं समाजका हरेक नागरिकहरुलाई सचेत गराउन सवैको अहम भूमिका रहने मिश्रले बताए ।

जिल्ला अस्पताल कालीकोटका अध्यक्ष सरोज बोगटी (विपिन) ले विरामीहरुले तातो पानी होस् या चिसो पानी किनेर खानुपर्ने बाध्यता भएको र अव भने राष्ट्रिय बाणिज्य बैंकले दिएको भाँडा आउँदा विरामीहरुलाई सहज भएको बताए । उनले यस्तै सरकारी तथा गैरसरकारी कार्यालयले यसरी नै सोच्ने हो भने सवैको भलो हुनुका साथै समाज परिवर्तन हुने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया