युनाईटेड फाईनान्सको साधारण सभा

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा कम्पनिका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले वसन्त कुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आव २०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको छ ।

उक्त साधारण सभाले कम्पनीको आव २०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आवको मुनाफाबाट शेयरधनिहरुलाई ७ दशमलव ५२ प्रतिशत नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

प्रतिक्रिया