कलाकार विष्टद्वारा अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग

सुर्खेत । नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनको अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गरेका छन् । उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन् ।

कलाकार विष्टले जन्मदिनको अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको उनले जानकारी दिए । साथै, उनले सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गरेका छन् ।

प्रतिक्रिया