खेल-खेलाडी

मलेसियासँग गण्डकीको फराकिलो हार

सौर्य अनलाइन २०७६ पुष २९ गते ८:४७ मा प्रकाशित

सुसनरी । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा गण्डकी प्रदेश मलेसिया(११ सँग १ सय ९२ रनको लज्जास्पद हार बेहोरेको छ । २ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश २७.२ ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । गण्डकीका बिपिन खत्रीले ३७ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । मलेसियाको घातक स्पिन बलिङसामु गण्डकीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रवीण ढकाल ३२ बलमा ३ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । सुरुवातदेखि नै खराब प्रर्दशन गरेकोे गण्डकीका ओपनर दीपेश खत्री ९, गोविन्द प्रधान १, रमेश बस्नेत र विधान श्रेष्ठ १० रनमा आउट भए । किशोर महतो ५, मुस्कान थापा १, दीपेश श्रेष्ठ ७ र सुबास भण्डारी शून्यमा आउट भए । मलसिया ११ का युवा स्पिनर सुहरिल फित्रीले ७.२ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । अर्का स्पिनर अनवार रहमानले ९ ओभरमा ३ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए ।

युवा स्पिनर बिजय उन्नीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसिया ११ ले निर्धा्रित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । मलेसिया(११ का ओपनर तथा विकेटकिपर ऐनुल हकिमले सर्वाधिक ८९ रन जोडे । ३९ औँ ओभरको तेस्रो बलमा स्पिनर बिपिन खत्रीले बोल्ड आउट गर्नुअघि उनले १ सय ११ बलमा ११ चौका प्रहार गरे । पहिलो विकेटका लागि ऐनुल हकिम र भुषण सेभले ११.३ ओभरमा ७८ रनको साझेदारी गरेका थिए ।

बिपिन खत्रीले एलबी डब्लू आउट गर्नुअघि सेभले ३४ बलमा ८ चौका र १ छक्का सहित ५० रन जोडे । २८ औँ ओभरको पहिलो बलमा मलेसियाका कप्तान अहमद फैजलाई गण्डकीका कप्तान गोविन्द प्रधानले ३१ रनमा कट एण्ड बोल्ड आउट गरे । अहमदले ५२ बलमा ३ चौका प्रहार गरे । चन्द्रकान्त पौडेलले सैद अजिजलाई ६ रनमा क्याच आउट गराए । ४४औँ ओभरको पहिलो बलमा चन्द्रकान्तले मोहम्मद आरिफलाई २० रनमा एलबी डब्लू आउट गरे ।मलेसियाका युवा अलराउन्डर बिरनदीप सिंहले तल्लोक्रममा ५० रन जोड्दै बलियो योगफलमा पुर्याए ।

बिपिन खत्रीले ४५औँ ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नुअघि बिरनदीप सिंहले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हफिज १५ र नार्जिल रहमानले १३ रनको योगदान दिए । गण्डकी प्रदेशका स्पिनर बिपिन खत्रीले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए ।
चन्द्रकान्त पौडेलले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । गोविन्द्र प्रधानले १ विकेट लिए । गण्डकी र मलेसिया दुबै यस अघिनै बाहिरिएका थिए । सुदूरपश्चिम प्रदेशले मलेसिया ११ लाई ८ विकेट र गण्डकीलाई ९ विकेट हराउँदै सेमिफाइनलमा पुगि सकेको छ । पहिलो सेमिफाइनलमा माघ १ मा समुह ‘ए’ को विजेता त्रिभुवन आर्मी र समुह ‘सी’ को विजेता प्रदेश नम्बर ३ भिड्ने छन् । माघ २ मा सुदूरपश्चिमले समुह ‘बी’ को विजेता नेपाल पुलिस क्लब सँग दोस्रो सेमिफाइन खेल्ने छ । फाइनल माघ ४ मा हुने छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय