रोजगारी विकासमा मानव-संसाधन

आफ्नो शैक्षिक योग्यता, दक्षता र क्षमताअनुसारको रोजगारीको चाहना हरेक व्यक्तिलाई हुन्छ । जसलाई मानविय स्वभाव मान्न सकिन्छ । यस सन्दर्भमा अत्यधिक न्यून समूहलाई मात्र सफलता प्राप्त भएको देखिन्छ । मानवका सबै आवश्यकता शत्—प्रतिशत् रूपमा पूरा भएको उदाहरण विश्वमा कहीँ पनि छैन ।

यदि सबै आवश्यकताहरू सहजै पूर्ति हुने थिए भने अशान्ति नै हुने थिएन । अर्थशास्त्रको प्रस्तुत सिद्धान्त रोजगारको सिलसिलामा प्राप्त हुन आउने व्यक्तित्व विकासको क्षेत्रमा पनि लागु हुनेछ । यहि त्यो कारक तत्व हो जसले मानव संशाधन विकासको महत्वलाई आत्मसाथ गर्दै रोजगारीको क्षेत्रमा यसको सान्दर्भिकता प्रष्ट गर्ने प्रयास गरीएको हुन्छ ।

विश्वका सफल व्यक्तित्वले जिवनका सकारात्मक चाहनालाई आफ्नो वुद्धि, विवेक, स्रोत र साधनले भ्याएसम्म परीपूर्ति गर्दे जिवनका प्रत्येक पलमा सफलताको शिखर चुम्ने प्रयास गरेका हुन्छन् । यस गहन तथ्यलाई अन्य समूहले ईष्र्याको रूपमा नलिई प्रेरणा स्वरूप ग्रहण गर्ने चेष्टा राख्ने हो भने जीवन सुखमय बन्नेछ ।

कर्मचारीवर्गको योगदानको कदर गर्दै सोहि आधारमा सामाजिक सुरक्षा ऐन २०७४ अनुरुप मूल्याकंन गरीने भनिएता पनि कोषका कतिपय प्रावधानले आम—कर्मचारी त्यसमा पनि विशेषगरी निजी क्षेत्रमा कार्यरत कर्मचारीको हितमा नरहेको तथा असमान व्यवहार हुने होकि भन्ने बुझाइले यस समूहमा असमजस्यताको अवस्था पैदा गरेको वर्तमान अवस्था हो ।

दैनिक जीवनयापन गर्ने क्रममा मानव समुदायले व्यवसाय वा रोजगारलाई चुन्नेछन् । सोहि क्रममा रोजगारदाता समूहबाट दिईएको काम प्रतिको जिम्मेवारीलाई कतिको सफलतापूर्वक बहन गर्न सक्छ भन्ने कुराले धेरै अर्थ लाग्छ । उपरोक्त विषय व्यक्तिको दैनिक कार्यक्षमताको प्रश्नमा मात्र सिमित नरही व्यक्तित्व विकासका हरेक क्षेत्रलाई प्रभावित पार्ने भएको हुदा सफल जिम्मेवारीको उत्कृष्ट प्रदर्शनको चाहना व्यक्तिगत तवरमा हरेक कर्मचारीवर्गमा रहेको हुन्छ ।

यस सन्र्दभमा कायम रहन आएको पूर्व कामको अनुभवले केहिहदसम्म कार्यक्षमता—दक्षतामा निखारपन ल्याउन सहयोगीको भूमिका निर्वाह गर्न सक्ला तर यो नै व्यक्तित्व विकासको सही मापनविन्दु होइन । तथापि सफल व्यवस्थापकिय गुणले अन्य सहकर्मीहरू भन्दा पुरस्कार—सम्मानको हकदार भने अवश्य पनि बनाऊने छ ।

तसर्थः मानवको व्यक्तित्व विकास भन्ने कुरा योजनाबद्ध तवरले निरन्तरहुने प्रक्रियागत व्यवहार पक्कै पनि होइन । जुन मानव संशाधन विकासको प्रभावले निम्ताएको विविध स्वरूप मध्येको एक रूप मात्र हो । जसले कामको सिलसिलामा देखिने व्यवस्थापकीय असहजतालाई हटाई सहजता प्रदान गर्नेछ ।

व्यक्तिको चाहना—रुचिअनुसार सरकारी, गैह्रसरकारी अथवा नीजी क्षेत्रको पहिचान गरी दैनिक प्रशासनिक तथा उत्पादन मूलक कार्यसञ्चालनको लागि दक्ष एवं प्रशासनिक जनशक्तिको रूपमा कर्मचारीहरू आवद्ध रहदै आएका हुन् । जुन त्यस संगठनको मानविय पुजीको अभिन्न अंगको रूपमा रहेका हुन्छन् । संगठनात्मक ढाँचा अनुसार मानव संसाधानको संरचनामा पनि भिन्नता रहन सक्छ । यद्यपि, सांगठनिक क्षेत्रको मानवपुँजीको दक्षता अभिवृद्धि गर्ने कार्यमा मानव संशाधनको अमूल्य एवं रचनात्मक सहयोग रहँदै आएको हुन्छ ।

यसको अभावमा कुनै पनि अब्बल संगठनात्मक ढाँचाभित्र रहेको मानव पँुजीलाई गुण—दोषको आधारमा सही मूल्याकंन गर्दै मापन गर्न अत्यन्त कठिन हुनेछ । जसको खराब परिसूचक भन्नु नै सांगठनिक समूहको वृति विकासमा ऋणात्मक असर पर्ने अवस्था तयार हुनु हो । यसलाई व्यवस्थापकिय पक्षको कमजोरीको रूपमा लिन सकिन्छ ।

राज्यले एक्काइसाैँ शताब्दीको नयाँ परीवेश अनुसार निजी एवं सरकारको मातहतमा रहेका कर्मचारीवर्गको मनोवल बढाउने अवधारणा अघि सारेको छ । त्यो हो –‘ सामाजिक सुरक्षा कोषको नयाँ अवधारणा ।’ कर्मचारीवर्गको योगदानको कदर गर्दै सोही आधारमा सामाजिक सुरक्षा ऐन ०७४ अनुरूप मूल्याकंन गरीने भनिएता पनि कोषका कतिपय प्रावधानले आम—कर्मचारी त्यसमा पनि विशेषगरी निजी क्षेत्रमा कार्यरत कर्मचारीको हितमा नरहेको तथा असमान व्यवहार हुने होकि भन्ने बुझाइले यस समूहमा असमजस्यताको अवस्था पैदा गरेको वर्तमान अवस्था हो । प्रस्तुत द्धिविधायूक्त तथ्यलाई निराकरण नगरी सामाजिक सुरक्षा कोषमा कर्मचारीवर्गको उल्लेख्य सहभागिता नबढ्ने निश्चितै छ ।

राज्यले मनन गर्नुपर्ने हुन्छ कि सरकारी सरह निजीक्षेत्रले पनि राजश्व अभिवृद्धि गर्ने कार्य लगायत मुलुकमा व्याप्त रहेको बेरोजगारी समस्या समाधान गर्न आफ्नो तर्फबाट निरन्तर रूपमा सकारात्मक योगदान गर्दै आएको तथ्यलाई सहजै भुल्न मिल्दैन । यसका साथै आजको आर्थिक उदारीकरणको युगमा कर्मचारीवर्गलाई स्वैच्छिक रूपमा आफ्नो व्यक्तित्व विकास गर्ने मार्ग प्रशस्त गर्नु राज्यको प्रमुख दायित्वसमेत हो ।

यथार्थमा यसो नगरी सामाजिक सुरक्षा कोषलाई अनिवार्य व्यवस्थापन गर्ने कुराले कतै नीजिक्षेत्रको विकासमा अवरोध खडा हुनुको साथै सोमा आबद्ध रहेका समूहको मनोवल गिर्न गई न्यूनभन्दा न्यून सहभागीता हुन सक्ने अवस्था सिर्जना नहोला भन्न सकिदैन । किनकी राज्यले संकुचित भावना राख्दै वलात् रूपमा कोषको कार्ययोजनालाई अगाडी बढाउने चेष्टा गर्ने हो भने सकारात्मक सन्देशको आशा राख्नु बेकार हुनेछ ।

यस प्रकारका गतिविधिहरू संघिय गणतान्त्रिक संविधान (०७२) को भावना र मर्मविपरीत पनि हुन सक्दछ । सामाजिक सुरक्षा कोषलाई ऐच्छिक रूपमा कार्यान्वयनमा ल्याउनु कर्मचारीतन्त्रको हितमा रहनेछ भन्दा फरक नपर्ला । तसर्थः राज्यले हरेक क्षेत्रलाई तहगत आधारमा नै आत्मनिर्भर बनाउन प्रतिस्पर्धात्मक वातावरण तयार गर्नुृ पर्नेछ । जुन कोषको व्यवस्थापनमा समेत लागू गरिँदा सर्वपक्षीय न्यायोचीत कदम मान्न सकिन्छ ।

जसले उत्पादन मूलक जनशक्ति तयार गर्ने कार्यमा सकारात्मक नतीजा हासिल गर्न सहज हुनेछ । किनकि विश्वको कुनै पनि सांगठनिक क्षेत्रभित्र निस्क्रिय संशासनले गुणस्तरिय नतीजा हासिल गर्न नसक्ने तथ्यलाई हेक्का राख्दै कर्मचारीवर्गको मनोबल कुनै पनि हालतमा कुण्ठित गर्न मिल्दैन । विपरित अवस्था तयार भए राज्य सञ्चालनका लागि सहयोगी रहँदै आएका हातहरू अराजकतातर्फ अगाडि बढे समस्या समाधानमा गतिरोध उत्पन्न हुनेछ ।

बाह्य बिकशित मुलुकमा कर्पोरेट कल्चरको विकाश भई सकेकोले अत्यधिक प्रगति हासिल गर्न सम्भव भएको हो । तर हाम्रो मुलुकमा हालसम्म पनि यस क्षेत्रको यथोचीत रूपमा व्यवस्थापन गर्न नसकिएकै कारण आर्थिक विकास एवं समृद्धिको लक्ष्यमा सोचेअनुरूपको प्रगति हासिल गर्न नसकेको मात्र हो ।

जसको पूर्ण सफलताको लागि राज्य, नोकरशाहीतन्त्र एवं प्रकारले निजी क्षेत्रको त्रिकोणात्मक समन्वयात्मक सहकार्यको विकासले यसमा आबद्ध रहने समूहको वृत्तिविकास लगायतका कार्यमा उल्लेख्य सकारात्मक नतिजा हासिल गर्न सम्भव रहन्छ । तर नेपालको हकमा भने अझै पनि खुट्टा तान्ने प्रबृतिको विकासले हरेक क्षेत्रमा ऋणात्मक प्रभाव पार्न खोजेको छ ।

गुणस्तरीय मानवसंशाधन विकाशले यस क्षेत्रमा रहेको प्रशासकिय एवं प्रविधीगत विविधताका कारण उत्पन्न हुने द्धन्द्धात्मक अवस्थालाई क्रमश न्यूनीकरण गर्दै कर्मचारीतन्त्रमा रचनात्मक सहयोगको भावना अभिवृद्धिको निम्ति अहोरात्र क्रियाशील रहने अवस्था प्रारम्भ हुनेछ । यसका साथै व्यापार विवीधिकरणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै प्रतिष्ठान एवं कर्मचारीलाई सहयोगीको भूमिका निभाउनु यसको उद्देश्य रहनेछ ।

समान भौतिक संरचना, मानवपुजी, एवं एकै प्रकारका उत्पादन मूलक वस्तु उत्पादन गर्ने औद्योगिक प्रतिष्ठानहरू मध्ये कुनै एकले मानव संशाधनको उचित व्यवस्थापन गरेकै कारण अपेक्षाकृत सफलता हासिल गर्न सक्षम रह्यो भने सोहि प्रवृतिको अनुसरण गर्ने अर्को समुदायमा मानव संशाधनको उचित व्यवस्थापन नगरिएकै कारण उत्पादन क्षमतामा ह्रास आएको हो ।

यसका अतिरिक्त योग्य व्यक्तित्व योग्य स्थान भन्ने नारालाई मूलमन्त्र बनाउँदै आफ्नो कार्यक्षेत्रमा निरन्तर अगाडी बढ्ने प्रयास गरेको हुँदा कर्मचारीवर्गको वृत्ति विकासमा सहयात्रीको रूपमा आफ्नो भूमिका प्रस्कट पार्न सक्षम रहेको छ ।

सम्बद्ध क्षेत्रमा कार्यरत कामदार—कर्मचारी वर्गको क्षमता एवं दक्षता विकासको लागि शैक्षिक गुणस्तरको आधारमा उसको रूची अनुसारको कामको प्रकृति र दक्षताले मुख्य भूमिका निर्वाह गर्ने गरेको पाइयो । यस सन्दर्भमा उचित तालमेल भएको खण्डमा स्वतः मानवपुँजीको उच्च—दक्षता सहितको अब्बल प्रदर्शनको सम्भावनालाई नकार्न मिल्दैन । विपरित अवस्था पैदा भए सांगठनिक ढाँचाभित्र अनावश्यक आर्थिक बोझ थपिन जानेछ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया