शिक्षक दरवन्दीको माग राख्दै मागपत्र पेश

कालिकोट । कालीकोटका अधिकांश विद्यालयमा शिक्षकको अभाव भउको छ । नत, शिक्षक छन् न राम्रो पढाई नै हुन्छ । खाँडाचक्र नगरपालिका–७ मा रहेको कालिका माध्यामिक विद्यालयमा शिक्षकको दरवन्दी व्यवस्थापन गर्न माग राख्दै मानवअधिकार समूह, नागरिक समाज र स्थानीय अभिभावकले आइतबार खाँडाचक्र नगरपालिकामा मागदावीपत्र पेश गरेका छन् ।

२०३७ सालमा स्थापना भएको कालिका माध्यामिक विद्याल २०७१ सालदेखि कक्षा ११ण्ज्ञछण् १२ विज्ञान विषयसमेत अध्यापन हँुदै आइरहेको भए पनि शिक्षक नहँुदा पठनपाठनमा बाधा उत्पन्न भएको भन्दै मानवअधिकार समूहको नेतृत्वमा नगरपालिकामा मागपत्र बुझाइएको हो । मागपत्रमा ४ सय ६६ विद्यार्थी अध्यापन गरिरहेको यस विद्यालयमा प्रावि, निमावि दरवन्दीमा जम्मा १३ जना शिक्षकहरु कार्यरत रहे पनि मावि र उच्चमावि तहमा शून्य दरवन्दी रहेकोले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

यस्तै विज्ञान विषय अध्यापन गराइने यस विद्यालयमा विज्ञान र अंग्रेजी विषय अध्यापन गरउने शिक्षक नहुँदा विद्यार्थीको भविश्य अन्योलतातिर धकेलिएको हुनाले तत्काल शिक्षक व्यवस्थाको लागि रकम विनियोजन गर्न माग गरिएको छ । मानवअधिकार समूहका संयोजक अविसरा अधिकारी, उपाध्यक्ष दक्षीणा शाही, नागरिक समाजका तुलाराज पाण्डे र स्थानीय अभिभावक निस्ता कार्कीको हस्ताक्षर रहेको मागदावीपत्र खाँडाचक्र नगरपालिका कार्यवाहक प्रमुख पुष्पराज गिरीलाई वुझाइएको थियो ।

पत्रमा माध्यमिक तहमा निजि श्रोतबाट अध्यापन गराइरहेका शिक्षकहरुको ३२ लाख दिन बाँकी रहेकाले आव २०७६–०७७ बाट निजिश्रोतका शिक्षकहरुले विद्यालयमा अध्यापन गराउन छाडेको कारण समस्या उत्पन्न भएको पनि वताइएको छ । मागपत्र वुझ्दै कार्यवाहक नगरप्रमुख एवं नगर प्रवक्ता गिरीले यो पत्रलाई आगामी नगर कार्यपालिकाको वैठकमा पेश गरी गम्भीरताकोसाथ छलफल गर्नुका साथै समास्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया