बिद्यालयमा दिवाखाजाको प्रभाकारीता बढ्दो

पाँचथर । तेह्रथुम जिल्लाको आठराई गाउपालिका का बिद्यालयहरुमा दिवाखाजाको प्रभावकारीता बढदै गएको छ । अनुगमन समितिको रिर्पोटअनुसार प्रगती बढेको जनाएको छ । दिवाखाजाले बिध्यालय भर्ना र स्कुल छाड्ने क्रम घटेको शिक्षा साखा सहायक पर्शु तिवारीले जानकारी दिए ।

गाउपलिका भरीका ५८ वटा बिध्यालयका २७ सय ६० जना बालबालिका दिवाखाजा खाने गरेको जनाइएको छ । खाजाका लागी पालिकाले ०७५÷७६ आर्थिक वर्षमा २३ लाख रकम विनियोजन गरेको सहायक तिवारीले जनाए । तिवारीका अनुसार पालिकाले चालु आर्थिक वर्ष खाजाकालागि पालिकाले १ करोड बजेट बिनियोजन गरेको जनाए ।

दिवाखाजा प्रतेक बालवालिकाले २० रुपैयाँको दरले खाजा खान्छन । बिद्यालयमा जङफुड बाहेक पौष्टिक आहाराको खाजाको व्यवस्थापन गरेको पाइएको छ । दिवाखाजाका लागी पालिका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार शिक्षाको गुणस्तरीय विकास गर्न रकम विनियोन गरिएको भनाइरहेको छ ।

अनुगमनका क्रममा त्रिमोहन माविमा निरिक्षण गरिएको थियो । बिध्यालयमा ६४ जना बालबालिकाको उपस्थिति रहेको जनाइएको छ । सो विध्यालयले खाजाको लागि क्यान्टिनको व्यवस्थापन गरी खुवाउने गरेको पाईन्छ । पालिका भित्रका बिध्यालयहरुमा दिवा खाजाको प्रभावकारीता सम्बन्धी अन्र्तक्रिया समेत गर्दे आइरहेको छ ।

प्रतिक्रिया