रगत संकलन गर्दै मारवाडी

विराटनगर । रगतको अभाव हुुन नदिन नेपाल राष्ट्रिय मारवाडी युुवा संगठनले युवा दिवसको उपलक्ष्यमा तीन सय पिन्ट रगत संकलन गरेका छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आफ्नो नवौँ राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा गरेको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो । विराटनगरमा पत्रकार सम्मेलनगरी देशभरका विभिन्न शाखाहरूमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको जानकारी गराइयो ।

संंगठनको ३ पुसदेखि सप्ताहव्यापी रूपमा सो दिवस मनाएको हो । दिवसको उपलक्ष्यमा नेपालभरी शान्ति तथा मोटरसाइकल ¥याली, प्रभातफेरी देशभरका चार क्षेत्र र २४ मञ्च शाखाद्वारा गरिबहरूलाई चार सय क्विन्टल खाद्यान्न, फलफूल, एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपण रंगेली अस्पतालका बिरामीलाई कम्बल वितरण अस्पताललाई विभिन्न सरसफाइका लागि फिनेल लगायतका सामग्र्री वितरण गर्नुुका साथै सुुनसरीको इटहरीमा निःशुुल्क भोजनको व्यवस्था गरेको संस्थाका महासचिव मनोज अग्रवालले बताए ।

मारवाडी युुवामञ्चले भ्रमण वर्षलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजनासमेत गरेको जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय स्थलको प्रचारप्रसार ग्रामीण तथा धार्मिक पर्यटकीय क्षेत्रमा सरसफाइ लगायतका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यसैगरी भ्रमण वर्ष २०२० को सम्वन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तहरूलाई धार्मिक, प्राकृतिक, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचारप्रसार गरिएको कार्यक्रम संयोजक सन्दीप लालवानीले बताए ।

प्रतिक्रिया