रामानन्द चोकमा सिद्धार्थ बैंकको शाखा

काठमाडौं । सिद्घार्थ बैंकले शुक्रबार जनकपुर अवस्थित रामानन्द चोकशाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको रामानन्द चोक शाखाको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गरे । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ एटिएमर १ हजार ६ सयभन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया