टान र भ्रमण बर्ष सचिवालयबीच सम्झौता

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच दुई पक्षिय समझदारी भएको छ । उक्त ११ बुादा समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष गरे । सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ । टान अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिादै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराए ।

भ्रमण बर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक बृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी गराए । भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन टानले सधैं साथ दिने प्रतिवद्धता जनाए ।

नेपाल भ्रमण बर्ष २०२० का सदस्य सचिव, कार्यक्रम कार्यान्वयन समिति बच्चु नारायण श्रेष्ठले साहासिक पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्नुपर्ने कार्यक्रमहरुको विषयमा समझदारी भएको बताए । निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण बर्ष २०२० अभियान सफल हुने कुरामा ध्यानाकर्षण गराउदौ निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले भ्रमण बर्ष २०२० अभियानलाई प्रवद्र्धन गर्दै आएको बताए ।

प्रतिक्रिया