कालीकोट फुटबल संघ एन्फा अध्यक्षमा शाही,

कालीकोट । अखिल नेपाल फुटबल संघ (एन्फा) कालिकोटको अध्यक्षमा पंकजबहादुर शाही चयन भएका छन् । जिल्लामा रहेको फुटबलसँग सम्बन्धि बिभिन्न क्लव तथा खेलाडीहरुको भेलाले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  जिल्लामा पहिलो पटक फुटबल खेलप्रति लागेका क्लव खेलाडीहरुको सक्रियतामा संगठित भएर फुटबलको विकास र खेलाडीहरुको उत्पादन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) कालिकोटको गठन गरिएको प्रस्तावित एन्फा कालिकोटका अध्यक्ष शाहीले बताए ।

मंगलबार पत्रकार सम्मेलन गरी नव गठित एन्फा कालिलकोटको कार्यसमिति सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा उनले समग्र खेल क्षेत्रमा कालिकोट पछाडी परेको बताउँदै फुटबलको व्यवसायीक विकासका लागि एन्फाको गठन अपरिहार्य रहेको बताए । उनका अनुसार एन्फा कालिकोटको उपाध्यक्षमा आशाकुमारी शाही, महासचिवमा सिंहराज शाही, सचिवमा जितेन्द्र मल्ल, सहसचिवमा सोदेश शाही र कोषाध्यक्षमा सुरेशकुमार बम लगायत १५ सदस्य रहेका छन् ।

जिल्ला खेलकुद विकास समितिका प्रमूख नमराज मल्लले जिल्लामा फुटबल प्रेमी युवाहरु तथा खेलाडीहरुको सक्रियतामा एन्फा गठन भएको बताउँदै यसले जिल्लाको फुटबल खेलको व्यवसायीक विकासका लागि महत्वपुर्ण कार्य गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपानेले नव गठित एन्फा कालिकोटको कार्य समितिलाई बधाई दिँदै जिल्लामा फुटबल खेलको विकासका लागि सक्रियता देखाउन आग्रह गरे । उनले भने जिल्लामा फुटबल खेल पे्रमि धेरै भएपनि यसको संस्थागत विकास हुन नसक्दा ओझेलमा परेको बताए । पत्रकार सम्मेलनमा एनफाका पदाधिकारी तथा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया