सन्जिवको ‘नाइँ नाइँ हुन्न हुन्न’

काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत नाइँ नाइँ हुन्न हुन्न’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पराजुलीसँगै गायिका सुजाता उपाध्यायको युगल आवाज रहेको छ । मानस राजको शब्द तथा संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज छ । यस गीतलाई एल्बम ‘उडान–२’ मा समावेश गरिएको छ ।

गायक सञ्जिवको ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मनपर्छ’, ‘हिट हिट गीत’, ‘सोचमा’ लगायतका गीत रुचाइएका गीतमा पर्छन् । त्यस्तै गायिका सुजाताको ‘आए म त परेर चिटिक्कै’, ‘हात थामी’, ‘तिम्रो मौन इशारा’ रुचाइएका गीतमा पर्छन् ।

कार्टुन क्रिउजको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो फरक कन्सेप्टमा तयार पारिएको छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, सन्जिव पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी (बनी), पेम्बा मगर, निम्बाबु तामाङ फिचर्ड छन् ।

डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया