दैलेखमा टेलिकमको फोर–जी सेवा

दैलेख । नेपाल टेलिकमले दैलेखमै पहिलोपटक चौंथो जेनेरशनको मोबाइल डाटा सेवा ‘फोर–जी’ सुरु गरेको छ । विहीबारदेखि दैलेख जिल्लालगायत केही स्थानीय तहमा उक्त सेवा सुरु गरेको नेपाल टेलिकम दैलेखले जनाएको छ ।

अब टेलिकमका प्रयोगकर्ताहरूले फोरजी सेवा चलाउन पाउने भएका छन् । हाल मोबाइलमा फोर–जि सेवास सूचारु भईसकेको बताउँदै नेपाल टेलिकम दैलेखका प्रमुख जित बहादुर त्यागीले जानकारी दिए । उनले भने, ‘टेलिकम दैलेखले सदरमुकामा अप्टिकल फाइबर बिछ्याउने काम दशंैलगत्तै संचालन गरेको भएपनि फोर–जि सेवा भने विहीबारबाट मात्रै सुचारु भएको हो ।’

१५÷२० दिन भित्रै तर्ताङदेखि सदरमुकाम दैलेख बजारहुँदै खुर्सानीबारीसम्म २५ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने उनले बताए । अप्टिकल फाइबर बिछ्याउने काम सकेपछि बजारमा यत्रतत्र छरिएको तारहरु विस्थापीत गरेर बजार क्षेत्रलाई व्यवस्थित गर्ने उनले बताए । राम्रो सेवा आफूलाई फाइदा हुने गरी लिन आग्रह गर्दै उनले भने, ‘फाइबरको काम केहि दिनमा सकिन्छ । फोर–जि सेवा लागू भएसँगै नेट चलाउँदा धेरै पैसा खर्च हुन्छ । मोबाइल डाटा लिएर मात्रै सेवा उपयोग गर्नुस् ।’

प्रतिक्रिया