प्रजिअ रिजाल जिम्मेवारीबाट हटाइए

दोलखा । घूस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई शुक्रबारबाटै गृहमन्त्रालय तानिएको छ । मुद्दा छिन्नेक्रममा सिडिओ रिजालले पटक–पटक घूस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए ।

उनले थुनामा रहेका अभियुक्तसँग धरौटीमा रकम लिने र निकै कमको मात्र रसिद दिने खुलेको थियो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको जानकारी दिए । उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ । जिल्ला पनि छोडिसक्नु भयो । तर, त्यहाँ कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ,’ प्रवक्ता शर्माले भने ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए । रिजालमाथि घूस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । गृह स्रोतका अनुसार रिजालले पहिला घूस लिए पनि विवाद भएपछि फिर्ता गरेका थिए ।

प्रतिक्रिया