‘मेरो देश प्राण भन्दा प्यारो छ’ (भिडियो सहित)

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटेपछि जनस्तरबाट भारतको निकै नै विरोध भईरहेको छ । यसैक्रममा गायक राम गाेपाली, गायिका देबि बस्नेत, गायक रामु खड्का, गायक बिनोद बाबु केसी, राजेन्द्र बाजुराली, निर्मला बस्नेत र बिष्णु सुनुवारको स्वरमा ‘मेरो देश प्राण भन्दा प्यारो छ’ नयाँ गीत सार्वजनिक गरिएको छ । मालति डिजिटलको प्रस्तुतिमा राम गोपालिको ‘मेरो देश प्राण भन्दा प्यारो छ’ गीत मालती डिजिटलकै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा गुमेका भाग हरु हामि आँफै्रले ल्याउनु पर्छ । आफ्नो देश को स्वाभिमान सबै नेपालि मिलेर बचाउ सहिदले दिएको बलिदान लाई हामिले कर्तव्यको रुपमा लिनुपर्छ जस्ता शब्दहरु समेटिएको छ । गीतको शब्द सिर्जना अमर लामिछाने ले गरेका छन । गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सुरबिर पण्डित (दारीबा),यादब देबकोटा (सरापे),चर्चित मोडल बिमल अधिकारी, साया भण्डारी, हिरा केसी लगायत दर्जनौ कलाकारको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया