सी ग्रेड ल्याएर नेकपा उत्तीर्ण

उपनिर्वाचन ०७६ सकिएर परिणाम पनि आइसकेको छ । निर्वाचनमा जित्ने र हार्ने कुरा स्वाभाविक छ । विभिन्न किसिमका नीतिहरूको माउ नीति रहेको राजनीतिमा त झन् हारजित कुनै नौलो कुरा होइन । तर समस्या कहाँनिर हो भने पहिले र अहिलेको परिणामहरूले मुलुकमा दुईतिहाइको सरकार सञ्चालन गरिरहेको सत्तासिन दललाई भने सकस परेको छ ।

विगतको २०७४ को स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै चुनाव लडेका पूर्वएमाले र पूर्वमाओवादीहरूले जुन परिणाम हात पारेका थिए । अहिले दुईटै पार्टी एक भएर बनेको नेकपाले लडेको निर्वाचनको नतिजा निराशाजनक देखिएको छ । हिजोजस्तो अवस्थामा निर्वाचनमा जित निकालेको स्थानहरूमा आफ्नो विरासत जोगाउन नसक्नु जनताको विश्वासमा ह्रास आउनु हो भन्नु कुनै अफ्ठ्यारो मानिरहनुपर्छ जस्तो लाग्दैन ।

स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै लडदा आएका मतहरू पछिल्लो संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्धन बनाएर जीत निकालेको स्थानहरू सुरक्षित नहुनु भनेको जनताप्रति गरिएको जुन प्रतिबद्धता हो त्यसको अपेक्षित कामहरू गर्न नसक्नुको कारण हुन् । अहिलेको शासन र सत्ताप्रति जनतामा व्यापक असन्तुष्टि रहेको प्रमाणकारूपमा यसलाई स्वीकार्नेभन्दा अब कुनै विकल्प छैन । उप निर्वाचन भन्नु आफैँमा दुईतिहाइको सरकार सञ्चालन गर्ने नेकपाको नेतृत्वको परिक्षा हो । यो परिक्षामा सी ग्रेड मात्र ल्याएर नेकपा उतिर्ण भएको छ । यसले नेकपाका नेता कार्यकर्ताहरूमा एक किसिमको तरंग पैदा हुनु जरुरी छ ।

किन सूर्यमा भोट दिने ? प्रश्नकको उत्तर दिन कार्यकर्तालाई हम्मे हम्मे प¥यो । कतिपय कार्यकर्ताहरू आफ्ना गुटको उम्मेदवार नपरेको रिसमा विपक्षीको कोर्टमा खेल्न पुगे । राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले नेकपा भएका कार्यकर्ताहरूको भन्दा प्राविधिक हिसाबले कार्यकर्ता बनाई पठाएकाहरूले जनताको घरदैलोमा पुग्दा प्रशिक्षित गर्न सकेनन् 

नेताहरूले आफ्ना नातेदार र वरिपरि घुम्ने व्यक्तिहरूलाई मात्र नेतृत्वमा ल्याउने तथा प्राविधिक हिसाबले माात्र पार्टीको सदस्यता बढाउने । सैद्धान्तिक र वैचारिक हिसाबले प्रशिक्षित गरेर जनता सामु पु¥याउन नसक्दा यो अवस्था सिर्जना भएको हो । यस्तो वेला दुईतिहाइले शासन गरिरहेको राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनताको बीचमा गएर मत माग्दै गर्दा के बोल्ने भन्ने विषयमा प्रशिक्षित गरिएन । पार्टीले उठाएका समाजलाई रूपान्तरण गर्ने भनिएको एजेण्डाहरूको प्रगसित के–के भए भन्नेबारेमा कार्यकर्ता अनविज्ञ रहे ।

जसले गर्दा जनताको बीचमा जानुपर्ने मुख्य कार्यकर्ताहरूले सुर्यमा भोट हालौँ भन्दा केही भन्न सक्ने अवस्था रहेन । किन सूर्यमा भोट दिने ? प्रश्नको उत्तर दिन कार्यकर्तालाई हम्मे हम्मे प¥यो । कतिपय कार्यकर्ताहरू आफ्ना गुटको उम्मेदवार नपरेको रिसमा विपक्षीको कोर्टमा खेल्न पुगे । राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले नेकपा भएका कार्यकर्ताहरूको भन्दा प्राविधिक हिसाबले कार्यकर्ता बनाई पठाएकाहरूले जनताको घरदैलोमा पुग्दा प्रशिक्षित गर्न सकेनन् । उनिहरूले कांग्रेस र कम्युनिस्ट बीचको अन्तर छुट्टयाउन नसक्दा सुखद परिणाम आउन सकेन । यो नै प्रमुख कारण बन्यो ।

सत्ता र शक्ति दुवै भएको वेला विभिन्न ठाउँमा नया कार्र्यकर्ताहरू भर्नापनि भए । कतिपय अवस्थामा चाहेको योजनाको उपभोक्ता समितिको जिम्मा दिएर कार्यकर्ता बनाइएका पनि होलान् । कतिपय ठाउँमा सानातिनो ठेक्का पट्टाको काम दिएर पनि कार्यकर्ता भर्ना गरिएका छन् । यस्तो अवस्थाका कार्यकर्ताहरूले आफ्ना लागि केही समय पार्टीको झोला त बोक्लान् तर सधँैभरि त्यो झोला भिरिरहन उनिहरूलाई गारो त भइहाल्छ । त्यस्तो वेला उनिहरूले साथ दिईरहन्छन भन्ने पनि हुँदैन । यस्तो पनि भएको हुनसक्छ । योजना दिएर बनाएको कम्युनिष्ट कार्यकर्ता त्यही योजना सम्पन्न हुनेवेलासम्म मात्र हो । योजना सकेर फरफराक हुनेवेला सम्म कार्यकता पनि फरफराक भईसक्छ । यो प्रवृत्तिको कारण पनि परिणाम दुःखद् भएको हो ।

अर्को पार्टीभित्र रहेको चरम गुटबन्दी अर्को मुख्य कारण हो । फुटेर होइन जुटेर मात्र परिवर्तन सम्भव छ भनेर जुन आदर्शका साथ विगतमा पार्टी एकता भयो । त्यो एकतापछि गुटहरू थपियो । यसले कुन गुटबाट के आदेश आउने हो भन्ने कुराको पर्खाइमा कार्यकर्ताहरू बस्नुपर्ने बाध्यताको सिर्जना भयो । भित्रैदेखि एकताको कुरा आएन । नेकपा भन्ने पार्टी धेरैवटा गुटहरूको महासंघ जस्तो मात्र हुँदा पार्टीले यस्तो किसिमको परिस्थितीको सामना गर्नुपर्ने अवस्था आएको हो ।

पार्टीभित्रको आन्तरिक जीवनलाई स्वस्थ बनाउन नसक्दा बाहिर विपक्षीहरूलाई खेल्न सजिलो बन्यो । निर्वाचन परिचालनको अनुभवहरू सम्हाल्नेहरूले निर्वाचनलाई खेलाँची जस्तो लिएपछिको परिणामले अव नेकपाले केही नयाँ शैलीको विकास गरेर सुधारिनु जरुरी छ ।

पार्टीले संगठनलाई राजनैतिक, वैचारिक र सैद्धान्तिक हिसाबले धारिलो बनाउन सक्नुपर्दछ । कम्युनिस्ट आदर्शको कुराहरूलाई नेता देखि कार्यकता सम्मले अनुशरण गर्न सुरुवात गर्नै पर्छ । निर्वाचनमा कतिपय अवस्थामा देखिएका अन्र्तघातका विषयहरू होलान यसको केस्रा केस्रा छानबिन गरेर दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सक्नुपर्दछ । कांग्रेस र कम्युनिस्टबिचको फरक के भन्ने महशुस हुनेगरी सरकार वा सत्तामा रहेका प्रतिनिधिहरूले काम गरेर देखाउन सक्नु पर्दछ । सुशासनको कुरा व्यापक उठ्ने गर्दछ । भ्रष्टचारको व्यापक विरोध हुने गर्दछ । तर, आफैँभित्र मौलाइरहेको अपारदर्शी कामहरूको अन्त्य गर्नु पहलकदमी लिनु पर्दछ ।

अहिले देखिएको केही बचकना राजनीतिककर्मीहरूलाई वर्गविभेदका कुरा देखि पार्टीको राजनीतिक कार्यदिशाको बारेमा स्पष्ट बनाउन सक्नुपर्दछ । माक्र्सवादका आधारभूत कुराहरू लेनिन्वादका सांगठानिक नियमहरूको बारेमा देशव्यापी प्रशिक्षण तथा जागरणको कार्यक्रमहरू सञ्चालन गर्न सकेमा फेरि पनि निराश हुनुपर्ने अवस्था भने रहन्न । जनवादी केन्द्रियताको कुराहरूलाई पार्टी सेल र पार्टी सदस्यको तहसम्म झार्न सकेमा बल्ल नेकपाको साख बचाउन सकिन्छ ।

स्थापित नेता र नेतृत्वको तहबाट सबै कार्यकर्ताहरूको हैसियतअनुसार समान अवसर र समान भुमिका प्रदान गर्दै नेतृत्वको सहि ढंगबाट विकास गराउन सकेमा देशलाई समृद्ध बनाउन सक्ने शक्ति आर्जन गर्न सकिन्छ । पुँजीवादलाई सही गति दिएर समाजवादतर्फ देशलाई डो¥याउने यो नै उत्तम विकल्प हो । यसैमा सबैको ध्यान केन्द्रित भएमा सफलता भने टाढा छैन ।

प्रतिक्रिया