गाउँपालिका अध्यक्षद्धारा कैदीबन्धीलाई सिरक डस्ना वितरण

कालीकोट । चिसो मौषम शुरु भएसँगै जिल्ला कारागार कालीकोटका ५२ जना कैदीहरुलाई महावै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले २६ सेट सिरक डस्ना संगै फलपूmल वितरण गरेका छन् । गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले आफ्नो ब्यक्तिगत लगानीमा कैदीहरुलाई सहयोग गरेका हुन । सिंहले अन्य ब्यक्तिहरुले फलफुल तरकारी, चामल, खसी वितरण गरेपनी आपूmले चिसो मौषममा कैदीहरुको पीडालाई मध्यनजर गदै सिरक डस्ना वितरण गरेको बताएका छन् । बन्दीगृहमा रहेका कैदीहरुको पीडा सुनि नसक्नु को छ ।

ज्युँदै भएर पनि मरेको लाश सरह जिवन विताउन परिरहेको बताएका छन् । कैदी मान सार्कीले बन्दीगृहमा साढे आठ बर्ष विताए । घरपरिवारको पीडा आफ्ना सारा सपना सवै भङ्ग भए । उनले भने, ‘यो जुनिमा मेरा सपनाहरु अधुरा रहेपनी अक्रो जन्म पाएँ भने सवै सपना पुरा गर्छु ।’ आँखा भरी आँशुका ढिका खसाल्दै अध्यक्ष नन्द वहादुर सिंहलाई धन्यवाद दिए । मान मात्रै हैनन् डिल्लीप्रसाद कोईरालाको पनि पीडा उस्तै छ ।

उनले भने, ‘आफ्नो मताधिकारसमेत प्रयोग गर्न पाएका छैनाँै, जनप्रतिनिधी आएर यसरी सामानहरु वितरण गर्दा एकातिर मन खुशी छ, अर्कातिर आफ्नो मताधिकार प्रयोग गर्न नपाउदा दःुख लागेको छ ।’ बन्दीगृहमा रहेकी धनकला विकलाई श्रीमानको हत्या गरेको अरोपमा अदालतले २० वर्ष जेल सजाय सुनायो । उनका ३ वर्ष जेलमा वितिसके । तर, उनले आफ्नो श्रीमानको हत्या आफुले नगरेको भनेर बयान दिए पनि कसैले उनको गुनासो सुनेनन् ।

आँखा भरी आँसुका थोपा टिलपिल गर्दै अव १७ वर्ष जेल सजाय भोगेर गएभने बास्तविक अपराधी पत्ता लगाउने र कार्बाहीको माग गर्ने बताएकी छन् । सवै घरपरिवारसँगै बसेर चाडपर्व मनाउने रहर भए पनि यो जिवन जेल भित्रै वित्छ । उनले अर्काे जुनी पुनः जन्म लिएँ भने आफन्तसँग रमाउँछु भन्दै धनकला धर्किएर रोइन् । सिरक डस्ना वितरण कार्यक्रममा जिल्लावासी सवैलाई भेट्न पाउँदा बन्दीगृहका कैदीहरुले केही आशा गरेका छन् । गाउँपालिका अध्यक्ष सिंहले आफ्नो जन्मउत्सवमा कैदी बन्दीहरुलाई पुन सहयोग गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा वलीलाई कैदी हेमन्त शाहीले मृगौला प्रत्यारोपण गर्ने बताएका छन् । सरकार समक्ष यो कुरा सवैले पुर्याउन समेत हेमन्त शाहीले अनुरोध गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया