रिसनको भर्ना हुने चाहना अधुरै

काठमाडौं । राजधानीको भीमसेन गोलामा रहेको सरकारी विद्यालय निर्मल बालविकास केन्द्रले एक अपांगता बालकलाई भर्ना गर्न अस्वीकार गरेको अभिभावकले आरोप लगाएका छन् । सरकारका तर्फबाट सम्पूर्ण खर्च व्यहोर्ने सो विद्यालयले अपांगता भएका रिसन मानन्धरलाई भर्ना गर्न अस्वीकार गरेको उनका परिवारले जनाएका हुन् ।

सरकारले बौद्धिक अपांगता भएका बालबालिका तथा अपांगता भएका बालबालिकाको लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयहरूको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र । यसको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ । यसमा भएको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ । यो बौद्धिक अपांगता तथा अपांगता भएका बालबालिकाको मन्दिर हो ।

जहाँ उनीहरूले आफ्नो जीवन निर्वाह गर्न सजिलो होस् भनेर ज्ञान आर्जन गर्ने गर्दछन् । (बौद्धिक तथा प्राविधिक) जसले गर्दा उनीहरूलाई समाजको अभिन्न पाटो बनी आत्मनिर्भर बन्न सकून । तर, अबोध रिसनको यो चाहना टुटेको छ । ऊ बहिष्कृत भएको छ, उसलाई चाहिने आधारभूत आवश्यकताबाट बञ्चित गरिएको छ ।

२८ वैशाख २०६९ साल बिहीबारका दिन आमा रेनुका मानन्धरबाट रिसनको जन्म भएको थियो । उनीहरू काठमाडौंकै रैथाने भए पनि आफ्नो घर छैन । बसाइ डेरा कै हो र कमाइ श्रीमान्को मात्र थियो । रेनुका र सञ्जय खुसी हुँदै आफ्नो सन्तानका साथ आफ्नो जीवनयापन गर्दै आइरहेका उनीहरूको बच्चा हलचल नै गर्दैन थियो । चिकित्ससँग सल्लाह गरेर एमआरआई गर्दा बच्चामा समस्या देखियो । छोरा बामे नसरेनी बोल्ने आस थियो उनको । तोते बोलीमा आमा भन्लाकी भन्ने थियो, त्यो पनि भएन ।

रिसनमा शारीरिकसँगै बौद्धिक अपांगता पनि देखियो । जति दुःख भएपनि आमाको मन न हो उनले हुने जति सबै गरिन । आफँैले थेरापी सिकेर घरमै थेरापी गर्न थालिन् । समयको तालमा सबै सेवा सुसार गरिन् । उनलाई आफ्नो छोरा शारीरिक तथा बौद्धिक अपांग भएपछि केही सिकोस् भन्ने चाहना थियो ।

संजोगवस काठमाडौं महानगरपालिकाभित्र रहेको भीमसेनगोेलास्थित निर्मल बालविकास केन्द्रमा विदेशी दाताले एक जना थेरापिस्ट जानेको मान्छे राख्ने भएछ र उनै रेनुलाई उनको अनुभवका आधारमा करारमा एक वर्षको लागि राखेको थियो । उनीले आफूसँगै छोरालाई पनि त्यहीँ बालविकास केन्द्रमा लाने गरिन् । छोरालाई भर्ना गर्न त्यहाँको प्रधानाध्यापक ज्योति खनालसँग कुरा राखिन् । सुरुमा हुन्छ भनेर फारम भर्ना गर्न लगाई तपार्इंको छोरा भर्ना गरिदिएँ भनेर जानकारी गराइन् ।

तर, जब राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले तपाईंको छोरा भर्ना गरेको छैन भन्ने जवाफ दिएको उनको अभिभावकले आरोप लगाए । खनालले उनलाई ‘तपाईंको छोरा बौद्धिक अपांग होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउने’ भन्ने जवाफ दिएको बताइन् ।

उनले त्यो पनि स्वीकार गरेर प्रअ खनालले भनेको डाक्टरलाई पनि आफ्नो बच्चाको परीक्षण गराइन् । डाक्टरले पनि बौद्धिक अपांगता भएको पुष्टि गरिदिए । त्यसपछि खनालले फेरि अर्को कुरा गर्न थालेको रिसनकी आमाले बताइन् । यो शारीरिक अपांगको लागि हैन, तपाईंको छोरो शारीरिक रूपमा पनि अपांग छ । त्यसैले यसलाई यहाँ भर्ना गर्न नमिल्ने बताइन् ।

यस्तै उनले वर्षांैदेखिको गाडीको रुट नै परिवर्तन गरिदिइन् । जसले गर्दा रेनुले ठूलो पीडा सहनु प¥यो । उनले डोनरलाई यसले मलाई मेन्टल्ली टर्चर गरी, यसको करार थप्न दिनुहुन्न समेत भनेको रेनुले बताइन् । त्यसपछि स्कुलबाट रिसनलाई निकालेको पीडित परिवारले आरोप लगाइन् । खनालको विरुद्ध रेनु अपांग महासंघ पनि गइन् । त्यहाँको चिठीलाई समेत प्रअ खनालले वास्ता नगरेको पीडित परिवारको आरोप छ । खनालकै कारण एउटी पीडित महिला जो राज्यले आफ्नो अपांग सन्तानलाई दिएको सेवासुविधा पाउन यति धेरै संघर्ष गर्दा पनि सेवाबाट बञ्चित हुनुप¥यो ।

प्रतिक्रिया