हार्ले डेभिड्सनका मोटरसाइकल नेपालमा

काठमाडौं । हार्ले डेभिड्सनको इन्ट्रि लेबल मोटरसाइकल नेपाल भित्रिएको छ । हार्ले डेभिड्सन काठमाडौंको सोरुम गैह्रीधारामा उक्त मोटरसाइकल आइपुगेको हो । हार्लेको इन्ट्रिलेवल मोटरसाइकलअन्तर्गत स्ट्रिट ७५० र स्ट्रिट रड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई ग्रुपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो ।

यसअघि कम्पनीले आइरन ८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । ७५० सिसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ । स्ट्रिट ७५० र स्ट्रिट रड ७५० । हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया