एनएमबी बैंक २ अवार्डबाट पुरस्कृत

काठमाडौं । एनएमबी बैंक ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ ।

साथै, एनएमबी बैंक साउथ एसियन फेडेरेसन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड ‘सर्टिफिकेट अफ मेरिट’ बाट पनि पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।

साफाज् कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टे विलिटी एन्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरू दक्षिण एसियाली राष्ट्रहरूद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकनको आधारमा प्रदान गरेको हो ।

प्रतिक्रिया