वडाध्यक्षको लागि मतदान सुरु

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा उप चुनावको मतदान सुरु भएको छ । शनिवार बिहान ६ बजेदेखि लाममा आबद्ध भएका मतदाताहरुले ७ बजेबाट मतदान कार्य सुरु गरेका थिए । सेती देबि माबीमा सुरु भएको मतदानमा एक हजार आठ सय ७७ मतदाता रहेका छन् । ती मध्ये ९ सय २८ पुरुष र ९ सय ४९ महिला मतदाता छन् ।

मतदानका लागि क र ख मतदान केन्द्र तोकिएको छ । मतदान स्थलबाहिर नेपाली सेना, शसस्त्र प्रहरी, र नेपाल प्रहरीको उच्च सुरक्षा अपनाइएको छ । मतदान बेलुका पाँचबजेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया