कवितामा बालमनाेविज्ञान

परिचय
स्याङ्जाको फेदीखोलामा टीकाराम पोखरेल र टेकमाया पोखरेलका जेठा सन्तानका रूपमा २००१ सालमा जन्मिएका खेमलाल पोखरेल मूलतः शैक्षिक शिखर व्यक्तित्व हुन् । उनको सम्पूर्णजसो उर्वर जीवनका क्षण शिक्षण पेसामा समर्पित भएको तथ्यहरूले बताउँछन् । नेपालकै पश्चिमबाट भारतको मेघालयमा सानै उमेरमा पुगेका पोखरेल सिकाइदेखि शिक्षक कर्ममा भारतीय भूमिमा बिताएका व्यक्तित्व हुन् । विसं.२०४६ सालदेखि झापा जिल्लाको शैक्षिक गतिविधिमा सक्रिय पोखरेल अङ्ग्रेजी र इतिहासका विद्वान् हुन् । आफ्नो जीवनानुभवलाई बखत बखतमा साहित्यमा पोख्दै र आफ्नो भाषाको ज्ञानलाई अनुवाद साहित्यमा समेत प्रस्तुत गर्दै बाल साहित्यिक यात्रामा समेत योगदान गर्न भ्याएका छन् ।

खेमलाल पोखरेलको साहित्य लेखनको पछिल्लो प्रमाण ‘चरी नाच्छ आँगन’ बाल कविता संगहका रूपमा प्रकट भएको छ । यो प्रस्तुत २०७४ सालमा अक्षरधाम प्रकाशनले प्रकाशनमा ल्याएको हो । देवेन्द्र थुम्केलीका चित्रले सजिएको यस कविता संग्रह बालमैत्री भावले ओतप्रोत छ । जम्मा १४ ओटा बालकविताको संकलन रहेको यसले आफ्नो परिचयलाई प्रस्तुत गरेको छ । प्रत्येक कवितामा रहेको आकर्षण चित्रले बालकविताको विधागत लेखन र औचित्यलाईसमेत पुष्टि गरेका छन् । १४ ओटा कवितामध्ये १२ ओटा कविता ४÷४ अनुच्छेद गुच्छा, १ कविता तीन अनुच्छेद गुच्छा र १ कविता ६ अनुच्छेद गुच्छाका छन् । लय विधानले कवितामा गीतिलयको निर्माण गरिदिएको छ ।

पूर्वीय काव्य सिद्धान्तलाई पछ्याएरै होला प्रथम कवितामा सरस्वतीको आर्शीवार्दको अपेक्षा गरिएको छ । संस्कृत काव्य शास्त्रीय मूल्य मान्यताअनुसार कार्य सफलतामा बाधा नआओस् भन्ने ध्येयले सरस्वती वन्दना गरिएको पाइन्छ । आशीर्वाद देऊ स्कुल जान्छौँ, साँझ घर पुग्छु, हात्ती आयो चिरचिर भँगेरो, माली गाई बियायो, सेवा गर्छु मैले, गुरुआमा माया गर्छिन्, विश्वमै छ एक रे, मैले पढ्छु क ख ग, चिं मुसी, ‘अुलुलुलु खोलो बग्यो’ चरी नाच्यो आँगन र भुइँचालो शीर्षकका कविताहरू यस संग्रहमा संकलित छन् ।

मौलिक विशेषता
सरस्वतीवन्दना विषयबाट सुरू गरेर कविले हामीलाई भर्खरै मात्र आतंकित तुल्याएको भुइँचालो विषयसम्म कलम चलाउन भ्याएका छन् । ‘माली गाई बियायो’ शीर्षकले ग्रामीण भेगमा बस्ने आम बालबालिकाको कृषिमैत्री अनुभव र दृश्यावलीलाई समेत न्याय गर्न भ्याएको छ । बालबालिकामा सरल भाषा र छरितो आयामका सिर्जना प्रस्तुत गर्नुपर्नु भन्ने मूल मान्यतामा उभिएर उनले स्वभाविक वर्णन जो जीवनको गहन अध्ययनको उपजको रूपमा सहजै पोखिदिएका छन् । मुलत ः सिकाइ परम्परामा विद्यालय पाठ्यपुस्तक गुरु र गुरुआमा तथा हाम्रो मौलिक परिवेशलाई केन्द्रीय विषय बनाएर उनीले आपूmलाई सहज प्रतिभाको रूपमा देखाउन सफल भएका छन् ।

मेरी सानी बहिनी
मुख मिठो पार्छिन्
चाटी सकी बटुकी
आमातिर सार्छिन् ।

गाईको बिगौती जो अमृतको रूपमा प्रस्तुत छ । बालबालिकामा गाई बियाउँदा आउने फुर्ती र बिगौती थपी थपी खान खोज्ने बालसुलभ विषयले छुट्टै मौलिकता बोकेको छ । कतै यथार्थ चित्रका वर्णन त कतै आदर्श विचारको प्रस्तुतिमा कवि मन प्रकट भएको छ ।

हाम्रो देश सानो छ ।
आँखा नानी सानो
एसियाको माझमा
बनोस् देश रानो ।

आदर्श विषयले पनि सिकाइ प्रक्रियामा उद्देश्यतर्फ लैजान प्रेरित गर्दछ तर वास्तविकताको सिकार भएका हाम्रा नानीहरू देशबाटै कुपोषित भएको अवस्थामा कविता आदर्शमै सीमित भएकै लाग्छ । चरी नाच्यो आँगन कविता यस कविता संग्रहको शीर्ष कविता पनि हो । यस कवितामा चरीले आफ्ना सन्तानप्रति देखाउने ममतामयी भावलाई मिठो शैलीमा पोखिएको देखिन्छ ।

आमा आइन् गुँडमा
चारो च्यापी मुखमा
सानी चरी गरी आँ
चारो प¥यो मुखैमा ।

प्रकृतिको कला अवलोकनबाट सिक्न सकिन्छ । हामी स्वयं कृतिको एक अंश हौँ मान्छेले चरा गाई आदिबाट धेरै सिक्न सक्छन् । आफ्ना सन्तानप्रतिको ममता र स्नहे आफ्नी आमाबाट गरिने आशा सरल तरिकाले प्रकट भएको छ । कवि आफूलाई कतै जटिल हिसाबले जोड्दैनन् । उनले भित्र केही कवितामा शीर्षक र विषय वस्तुप्रतिको तालमेल भने स्वाभाविक देखिएको छैन ।

खुलुलुलु खोलो बग्यो । कवितामा कविले चर्चा एउटा मात्र अनुच्छेद गुच्छामा गरेर त्यसैलाई अन्तिममा दोहो¥याइदिएका छन् । बीचका दुई अनुच्छेद गुच्छा भने शीर्षक भिन्न वा सम्बन्धविच्छेदजस्तै छन् । चित्रले भने शीर्षकप्रति न्याय गरेको छ तर कविताको विषयवस्तुले शीर्ष पुष्टि गर्न सकेको छैन ।

भुइँचालो कवितामा कविको भाव राकोसँग तरंगिन पुगेको छ । कवि आफै साना साना भाइबहिनी छोराछोरीको भावमा पोखिएका छन् । उनले सूचना वा कार्य कारण सम्बन्धलाई पुष्टि गर्दै आफ्नो असहमतिलाई आमाबाबु सामु राख्न सक्ने सचेत बालबालिकाको कुरा बोलेका छन् ः
पल्लो घर ढल्यो आमा

भुइँचालो आयो
भुइँचालो आएकोले
आज स्कुल जान्नँ ।

यी आदि तथ्यहरूका आधारमा बढीभन्दा बढी यथार्थवादी कविताको संरचना विन्यासमा कविको ध्यान पुगेको देखिन्छ । मानवोचित व्यवहार प्रकृतिको अध्ययन गतिविधिले कविता संग्रहलाई समसामयिक र मौलिक बनाउन सहयोग पु¥याएको छ ।

निष्कर्ष
कवि खेमलाल पोखरेलले बाल साहित्यिक विधाअन्तर्गत बाल कविताको सहजवृत्तिलाई राम्ररी खोलिदिएका छन् । कवि पोखरेल जीवनभरिको बाबु नानीहरू सँगको संगत, उनीहरूको मनोविज्ञान र आफ्ना सहज टिपोट गर्न सरल शैलीका साथ देखा पर्दा कविताहरूमा जीवन सञ्चार हुन सकेको छ । यसका अलवा सजिला शब्द छोटा आयामका कविता, कविता अनुरूपका जीवन्त चित्रले बाल कवितालाई संरचनागत र चेतनागत दुवै हिसाबले सबल र उपयोगी बनाएको प्रष्ट हुन्छ । रहरमा भन्दा दायित्व बोधमा लेखिएको यो पुस्तक जिम्मेवार अभिव्यक्तिको एक ठोस प्रमाण बन्न पुगेको अनुभूत गर्न सकिन्छ ।

प्रतिक्रिया