लागुऔषधसहित तीन प्रक्राउ

मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालिकाबाट लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा खत्याड गापा–५ दलबहादुर विक ललितजंग विक र देवी सिंंह विक रहेका छन् । गएको शनिबार मदिरा निषेधित खत्याड गाउँपालिकामा मदिरा लुकाएको छ कि भन्ने आशंकामा अस्थायी प्रहरी पोस्ट कवाको प्रहरी टोलीले स्थानीयका घर, पसल, होटल खानतलासी गर्दै जाँदा लागुऔषध चरेस भेटिएको हो । उनीहरू मध्ये दलबहादुर विकबाट १ सय ४५ ग्राम ललितजंग विकबाट ७ सय ५० ग्राम र देवीसिंह विकबाट छ सय ग्राम (चरेस) सहित पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यलय मुगुका सई बालबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार स्थानीय बासिन्दाको घर, खुद्रा पसल र होटलहरूमा मदिरा चेकजाँच गर्ने क्रममा लागुऔषध चरेससहित उनीहरूलाई प्रक्राउ गरिएको बताए । तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया