सेञ्चुरी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिहीबार मनी ट्रान्सफरसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्कीले हस्ताक्षर गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरू र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया