गौशालामा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले यही मंसिर १२ देखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशालास्थित पिंगलास्थानमा १९७औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव ढकालले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सेवा दिएको भन्दै धन्यवाद दिए । सो क्षेत्रका स्थानीय तथा व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया