टोटनह्यामको रोमाञ्चक जित

एजेन्सी, लन्डन । ह्यारी केनले दुई गोल गरेको दिन टोटनह्यामले यूईएफए च्याम्पियन्स लिग फुटबलमा ओलम्पियाकोसमाथि रोमाञ्चक जित निकालेको छ । गए राति सम्पन्न समूह बी को खेलमा ह्यारीको दुई गोलको मद्दतमा टोटनह्यामले ओलम्पियाकोस माथि ४–२ को जित निकालेको हो । जितसँगै टोटनह्याम अन्तिम १६ मा पुगेको छ । टोटनह्यामको जितमा केनसँगै डेली अलि र सर्जेले १–१ गोल गरे । ओलम्पियाकोसका लागि इल अरेबी र रुवेनले गोल गरे पनि हार टार्न सकेनन् ।

पाहुना टोली ओलम्पियाकोसले सुरुआती अग्रता जोगाउन नसक्दा टोटनह्याम विजय भएको हो । छैठौँ मिनेटमा ओलम्पियाकोसले अरेबीको गोलबाट लिएको अग्रता १९ औँ मिनेटमा दोब्बर बनायो । लगातारको गोलपछि दबाबमा परेको टोटनह्यामले पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काएको थियो । टोटनह्यामका लागि पहिलो गोल डेलीले गरे । ५० औँ मिनेटमा केनले खेल बराबरी पार्दा ७३ औँ मिनेटमा सर्जेले टोलीलाई ३–२ को अग्रता दिलाए । लगत्तै केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–२ को रोमाञ्चक जित दिलाए ।

प्रतिक्रिया