भाषण गर्न नजान्नेहरूको हविगत

मिलन आफन्त

वक्ताले भाषण गञ्जेल आफ्ना निजी समस्या, रिस, कुण्ठा सबै बिर्सनु पर्दछ । भाषणलाई रसिलो बनाउन प्रसंग अनुसार कथाकुथुंग्री, उखान टुक्का र हस्यौलीहरूको प्रयोग गर्नुपर्दछ । कलात्मक प्रस्तुती भयो भने भाषण राम्रो हुन्छ अन्यथा राम्रो हँुदैन । माथि प्रस्तुत विषयहरूलाई ध्यानदिने हो भने भाषण रोचक, ज्ञानवद्र्धक र श्रवण योग्य हुनेछ । विश्वभरिका प्रत्येक व्यक्तिहरूले भाषण गर्दा भाषण गर्ने कलाको ज्ञान हुनु आवश्यक तथा अनिवार्य छ ।

भाषण गर्ने कला पनि एउटा प्रतिभा हो । यो प्रतिभा जो कसैसँग हुन सक्दैन । भाषणलाई ‘राम्रो’ बनाउन निरन्तर अध्ययन र अभ्यासको आवश्यकता पर्दछ । भाषण भनेको कुराकानी, वक्तव्य, छलफल आदि हो । जहाँसुकै बोले पनि त्यो भाषण वा वक्तव्य हो । नेताले मञ्चबाट बोेल्ने, शिक्षकले पढाउने, वकिलले न्यायलयमा बहस गर्ने, प्रशिक्षकले तालिम दिने, उदघोषण गर्ने, गोष्ठीमा बहस, छलफल गर्ने, लिखित प्रतिवेदन पाठ गर्ने, आफ्नो माल वेच्नलाई विज्ञापन गर्ने, विद्यार्थीले वादविवाद वा परिसंवाद बोल्ने, पत्रपत्रिका, रेडियो र टेलिभिजनमा वा मौखिक परिक्षामा अन्तर्वाता दिनु सबैलाई भाषण कलाभित्र राख्नुपर्दछ ।

भाषण लिखित कि मौखिक ?
अत्यन्त औपचारिक ठाउँहरूमा विशिष्ट व्यक्तिहरूले लिखित भाषण पढेर सुनाउने गर्दछन् । कुनै पनि महतवपूर्ण कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिवले, संयुक्त राष्ट्रसंघमा देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री वा राष्ट्राध्यक्षले, संसदीय छलफलमा प्रधानमन्त्री, मन्त्रीहरू र सासंदहरूले कानुनको मस्यौदा प्रस्तुतगर्दा लिखित भाषण प्रस्तुत गर्ने गर्दछन् । जनता माझ नेताहरूले विशेष गरी मौखिक भाषण गर्ने गर्दछन् । वक्ताले भाषणको विषयमा आपूmलाई चर्लुम्म डुबाएर, आकर्षक हाउभाउ र ओजनदार बोलीद्वारा आफ्ना धारणा जनता समक्ष स्पष्ट साथ राख्नु मौखिक भाषणको मूलमर्म हो । खास अवस्थाबाहेक भाषण भन्नाले मौखिक भाषण नै बुझ्नुपर्दछ ।

राम्रो र नराम्रो भाषण
दर्शकलाई वक्ताले आफ्ना कुरा राम्ररी बुझाउन सक्यो भने त्यस्तो भाषणलाई राम्रो भनिन्छ । दर्शक श्रोताले वक्ताको कुरा बुझेनन् वा बुझेर पनि वक्तासँग असहमत भए भने त्यस्तो भाषणलाई नराम्रो भनिन्छ । दर्शक श्रोताहरूले नबुझने ढंगले बोल्नु वा नबुझिने शब्दहरूको प्रयोग गर्नुले वक्ताको अहं र मुर्खतालाई झल्काउँछ । भाषण सरल र स्पष्ट हुनुपर्दछ । भाषण गर्दा दर्शक श्रोताले बुझ्ने खालका सरल शब्दहरू प्रयोग गर्नुपर्दछ ।

वक्ताले सजिलो शब्दहरूको प्रयोगको साथै आफुले दिन खोजेको सन्देश स्पष्ट पार्नु सक्नुपर्दछ । वक्ताले कुन विषयमा बोल्दैछ र यसपछि के बोल्न सक्छ भन्ने कुरा जनताले पूर्वानुमान गर्न सक्नुपर्दछ । भाषण गर्ने विषयबारे जानकारी पहिले नै पाएभने दर्शक श्रोताहरू त्यसबाट लाभान्वित हुन चाहने भएकोले वक्ताको भाषण सुन्न अन्तसम्म बस्ने छन् । भाषण गर्दा एउटै विषयलाई दोहो¥याई तेहे¥याई भन्नु हुँदैन । भाषण गर्दा अरूले बोलिसकेको विषय भन्दा भिन्न विषयमा आफ्ना भनाइहरू राख्दा उपयुक्त हुन्छ ।

कुनै पनि कार्यक्रममा प्रमुख अतिथिलाई कार्यक्रमको अन्तमा बोलाउने चलन विश्वभर नै छ । तसर्थ पनि प्रमुख अतिथिभन्दा पहिला बोल्ने बक्ताहरूले समयमा नै आफ्नो भाषण सक्नु पर्दछ । सुरुको वक्ताले समय मिच्यो भने प्रमुख वक्ता बोल्ने वेलासम्म दर्शक श्रोताहरू फर्किने हतार गर्न थाल्दछन् । वक्ताले भन्न खेजेको कुरा स्पष्टसँग स्रोताले बुझ्ने गरि भाषण जति छिटो समयमा टुंग्यायो त्यति राम्रो मानिन्छ । वक्ता अत्यन्त कुशल छन् र विषयवस्तु स्रोताको आवश्यकता अनुसारको छ भने भाषणको अधिक्तम समय आधा घण्टादेखि पैतालिस मिनेट हुनु उपयुक्त मानिन्छ ।

भाषण गर्दा थेगो प्रयोग गर्नु हँुदैन । राम्रो भाषण त्यसलाई भनिन्छ जुन भाषणमा वक्ताले दर्शक श्रोतालाई आफनो भाषणमा सहभागी गराउनु सक्नु पर्दछ । वक्ताको आवाज स्पष्ट र सन्तुलित हुनुपर्दछ । वक्ताले आपसमा कुरा गरिने भन्दा अलि ढिलो बोल्नु पर्दछ तर ज्यादै ढिलो होइन् । वक्ता धेरै चिच्चाउनु वा चर्को स्वरमा बोल्नु हुँदैन । वक्ताको मनस्थिति चंगा हुनुपर्दछ । वक्ताको मनस्थिति चंगा छ भने मात्रै उ मञ्चमा उभिएर राम्रोसँग बोल्न सक्दछ । वक्ताले भाषण गरूञ्जेल आफ्ना निजी समस्या, रिस, कुण्ठा सबै बिर्सनु पर्दछ । भाषणलाई रसिलो बनाउन प्रसंग अनुसार कथाकुथुंग्री, उखान टुक्का र हस्यौलीहरूको प्रयोग गर्नुपर्दछ । कलात्मक प्रस्तुती भयो भने भाषण राम्रो हुन्छ अन्यथा राम्रो हँुदैन । माथि प्रस्तुत विषयहरूलाई ध्यानदिने हो भने भाषण रोचक, ज्ञानवद्र्धक र श्रवण योग्य हुनेछ । विश्वभरिका प्रत्येक व्यक्तिहरूले भाषण गर्दा भाषण गर्ने कलाको ज्ञान हुनु आवश्यक तथा अनिवार्य छ ।

प्रतिक्रिया