सेरी पान्तडी सडक चाँडै बन्छ : शाही

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका– ७ र ८ मा नेकपाको पार्टी कार्यालय उद्घाटनसँगै आमसभा सम्पन्न भएको छ । नेकपा शुभकालिका गाउँपालिका–७ का अध्यक्ष मिम बहादुर शाहीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय दुर्गबहादुर रावतको प्रमुख आथित्यता,कर्णाली प्रदेश सदस्य माननीय कुर्मराज शाही र शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माननीय दुर्ग बहादुर रावतले कम्युनिष्ट सरकार अन्य देशका सरकार भन्दा फरक र कर्मयोग्य रहेको बताउँदै नेपालका अन्य दलहरूभन्दा नेकपा सवैभन्दा शक्तिशाली पार्टी रहेको बताए । नेकपाले हालसम्म गरेका कामहरू, विकासका योजनाहरू सफल र दिगो, टिकाउ रहेको बताए । यस्तै कर्णाली प्रदेश सदस्य एवं कालिकोट निर्वाचन क्षेत्र (क) बाट निर्वाचित माननीय कुर्मराज शाहीले विगत लामो समयदेखि ओझेलमा परेको सेरी पान्तडी सडक जस्ले जे भने पनि आफनो कार्यकालमा सम्पन्न गर्ने भन्दै यस सडकबाट सबै जना नागरिकहरू लाभान्वित हुने र दिगो टिकाउ गर्ने गरेर काम गर्ने बताएका छन् ।

शाहीले कुनै पनि काम गर्नको लागि बजेटको अपुगता नहुन दिने भन्दै सबैलाई सकारात्मक सोचको विकासमा लाग्न आग्रहसमेत गरेका छन् । शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले विकासका योजनाहरू दिगो टिकाउ हुनका लागिपरे पनि स्थानीयको खिचातानीका कारण काम राम्रो हुन नसकेको बताउदै अब आगमी दिनमा शुभकालिकाबासीको साथ सहयोग पाए विकासका योजनाहरू दिगो टिकाउ र सबैको सोचेभन्दा बढी विकास गर्ने बताए ।

प्रतिक्रिया