ग्लोबल आइएमईले ल्यायो जन्मभूमि घर कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरू लाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ । यस नयाँ योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरू र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ ।

न्यूनतम ब्याजदरमा सुलभ र सहजरुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्तआयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरूका परिवारलाई प्रदान गरिनेछ । जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया