घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्ने प्रयोजनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले सोमबार राजधानीमा आयोजित एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संघ-प्रदेश-स्थानिय तह स्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारीत सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषद् केन्द्रीय÷प्रदेश कार्यालय तथा महासंघको पालिका÷जिल्ला÷प्रदेश÷केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ । तालीम प्रदायक शिक्षण संस्थाहरू-शिक्षालयहरू मार्फत सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालीम कार्यक्रमहरूका प्रशिक्षार्थीहरूलाई महासंघका सदस्य उद्योग-व्यवसायहरूमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमुलक तालीम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारी बारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया