लागुऔषध विरुद्ध विद्यार्थी

सुर्खेत । पछिल्लो समय लागुऔषधमा युवा तथा विद्यार्थी फसिरहेको भन्ने हल्ला चलिरहेको छ । तर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित राष्ट्रिय आधारभूत विद्यालयमा लागुपदार्थ दुव्र्यसन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

चन्द्रनगर युवा क्लबले विद्यार्थीलाई लागुऔषधको विषयमा जानकारी दिई दुव्र्यसनमुक्त समाज निर्माणका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । वीरेन्द्रनगर–१० को वडा कार्यालयको आर्थिक सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढाले लागुपदार्थ दुव्र्यसनीलाई न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । उनले वडामा रहेका टोल विकास संस्थाका पदाधिकारीहरू तथा विद्यालयका बालबालिकाहरूका लागि अभिमुखीकरण गरिएको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले विद्यार्थी उमेरमा साथीहरूको गलत संगतमा फस्ने सम्भावना रहेको भन्दै अभिभावकहरू यसतर्फ सचेत हुनुपर्ने बताए । उनले हरेक विद्यालयहरूमा यस्ता सचेतनामुलक कार्यक्रमलाई अभियानकै रूपमा लानुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशका प्रहरी सहायक निरीक्षक नीलकण्ठ ढकालले लागुपदार्थको दुव्र्यसनीबाट बच्न सकिने उपायहरूको बारेमा सहभागीहरूलाई जानकारी दिए । चन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष मनोहर आचार्यले वडा–१० लाई लागुपदार्थ दुव्र्यसनमुक्त बनाउने अभियानमा आपूmहरू निरन्तर लागिरहने प्रतिवद्धता जनाए । लागुपदार्थ दुव्र्यसनीले समाजमा नकारात्मक असर पार्ने भन्दै उनले यसको नियन्त्रणमा लागिपरेको बताए । अभियानको क्रममा वडाका विभिन्न विद्यालय तथा मदरसा विद्यालयमा समेत कार्यक्रम गरिने उनले बताए ।

प्रतिक्रिया