एनसेललाई झण्डै १८ अर्ब रुपैयाँ कम कर तिर्न सर्वोच्चको आदेश

काठमाडौँ । एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न भनेको थियो ।

एनसेलको शेयर स्वामित्व खरिद विक्री भएबापत एनसेलले तिर्नुपर्ने करमा ठूला करदाता कार्यालयले त्रुटि गरेको भन्दै सर्वोच्चले १७ अर्ब ९५ करोड रुपैयाँ कम गरी २१ अर्ब १० करोड रुपैयाँ मात्रै तिर्नुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । ठूला करदाता कार्यालयले केही शुल्क निर्धारणमा त्रुटि गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

गत वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ कर तिर्नुपर्ने जनाएको थियो । त्यसमध्ये २३ अर्ब ५७ करोड ४२ लाख तिरेको र ३९ अर्ब ६ करोड तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयले जनाएको थियो । तर त्यो निर्णयविरुद्ध एनसेल सर्वोच्चमा गएको थियो ।

प्रतिक्रिया