मन्त्री फेरबदलमा बाबुराम भट्टराईको आपत्ति

गोरखा । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मन्त्रीपरिषद् फेरबदल गरेकोप्रति डा. बाबुराम भट्टराईले आपत्ति जनाएकाछन् । समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा भट्टराईले गोरखामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै सत्ता साझेदार दलहरुसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीमण्डल फेरबदल गरी समाजवादीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय पनि परिवर्तन गरेका छन् । डा. भट्टराईले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवसँग सल्लाह नै नगरी कानून मन्त्रालयको जिम्मेवारी दिएको आरोप लगाए ।

प्रतिक्रिया