बिस हजार घुस सहित रङ्गेहात पक्राउ परे नायब शुब्बा

काभ्रे । नायब शुब्बा बिस हजार घुस सहित रङ्गेहात पक्राउ परेका छन् । मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका हुन् । बुधवार सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया