कालीकोटमा हिंसा रहित अभिवाकत्व कार्यक्रम सम्पन्न

कालीकोट । ‘शुखी नेपाली समृद्ध नेपालबालअधिकार सवैको सरोकार’ भन्ने मुलानाराकासाथ हिंसा रहित अभिवाकत्व शिक्षा कक्षा सञ्चालन कार्यक्रमको समापना भएको छ । अन्र्तराष्ट्रिय बालदिवसको अवसरमा हिंसा रहित अभिवाकत्व शिक्षाको लागि शुभकालिका गाउँपालिका वडा नंं– ३ मा २०७५ श्रावण १६ गतेबाट कक्षा सञ्चालन गरिएको थियो ।

किर्डाक नेपाल कालीकोटद्धारा सञ्चालित सहयात्रा परियोजनाको आर्थिक तथाभौतिक सहयोगमाकक्षा संचालनभएको हो । शुभकालिकागाउँपालिका वडा नंं– ३ का महिला, बालवालिका र अन्य अभिवावकहरुलाई यो शिक्षा दिइएको छ । बालवालिकाहरुले बोल्ने कला, अभिवाकहरुले बालवालिकालाई गर्ने ब्यवहारमा परिवर्तन ल्याई नम्र तरिकाले अभिवाक र बालवालिकालाई सभ्यबनाउने उद्देश्यले यो कार्यक्रम लागु गरिएको किर्डाक नेपाल कालीकोटद्धारा सञ्चालित सहयात्रा परियोजना संयोजक प्रकाश शाहीले बताए ।

शुभकालिका गाउँपालिका वडा नं– ३ मा हिंसा रहित अभिावकत्व शिक्षा लागु गर्दा यहाँका धेरै अभिवाकहरु शिक्षीत भई बालवालिकालाई राम्रो ब्यवहार गर्ने गरेको अनुगमन समितिले निष्कर्ष निकालेको छ । शुभकालिका गाउँपालिका– ३ कि जवरा रोकायाले छोरा पाउने आसमा ११ सन्तान जन्माईन् । ११ मा ३ बालवालिका मरे तर ८ छोरी अहिलेसम्म छन् । ८ छोरी पछी एउटा सन्तान छोरा जन्मियो ।

उनलाई यो हिंसा रहित अभिावकत्व शिक्षाले धेरै फाइदा भएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर नेपालीले यो शिक्षा अति महत्वपुर्ण रहेको भन्दै आगमी दिनमा शुभकालिका गाउँपालिकामा मात्र नभएर अन्य ९ वटै स्थानिय तहमा लागु गर्नु पर्ने बताए । सभाअध्यक्ष समेत रहेका वडा नंं– ३ का वडा अध्यक्ष धनराज शाही यस वडामा पहिला र अहिलेको तुलनामा बाल हिंसा र महिला हिंसा कमहुने गरेको बताउँदै यो कार्यक्रम पुनः सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथिको पद ग्रहण गरेका नेकपा नेता भरतराज धितालले हिंसा रहित अभिवाकत्व शिक्षा विगतका दिनमा भएको भए विगतमा धेरै घटनाहरु घट्ने थिएनन् भन्दै शुभकालिका गाउँपालिमा यो शिक्षा लागु गरेकोमा किर्डाक नेपाल कालीकोटलाई धन्यवाद दिए । पत्रकार भरतराज बिष्ट, कालीबहादुर मल्ल, हस्त चौलागाँई, कर्ण कुमाल, रमेश सोनीलगाएतले दोहोरो बहस गर्दै हिंसा रहित अभिवाकत्व शिक्षाले के के सिकायो ? आगामी दिनमा कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ भन्दै अभिवाकहरुसँग बहस गरे । बसहबाट उपस्थित अभिवाक र बालवालिका सवैले हिंसा रहित अभिवाकत्व शिक्षा कार्यक्रम पुनः लागु गर्नुपर्ने माग राखे ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया