संस्कार हराएको सूचना

आगोको धर्म ताप दिनु हो, रुखको धर्म छहारी तथा अक्सिजन दिनु हो, मानिसको धर्म ज्ञान आर्जन गर्नु हो । ज्ञान आर्जनकै लागि क्रियाकलाप गरिन्छन् । शरीर शुद्धिविना ज्ञान आर्जन सजिलो हुन्न । शरीर सुद्धीका लागि व्रत बसिन्छ । व्रतका पनि विधान छन् । तर, धेरैले विधान नबुझी व्रत बस्छन् । शास्त्रीय मान्यताअनुसार विधान नबुझी व्रत बस्नु भनेको कुनै कारण विनाको कार्य हो । वास्तवमा कारण विना कार्य नै हुँदैन । त्यसैले विधान नबुझी व्रत बस्नु भनेको शरीर सुकाउनु मात्र हो 

चर्चित पत्रकार ऋषि धमलाले सार्वजनिक गरेको एक तस्वीर गत भदौ महिनाभरि सामाजिक सञ्चालमा भाइरल बन्यो । तीजका अवसरमा आफ्नी श्रीमतीले गोडाको पानी ग्रहण गर्दै गर्दाको तस्वीर थियो त्यो । विशेष अवसरमा श्रीमानकाे गोडाको पानी ग्रहण गर्नुलाई हाम्रो परम्परा तथा संस्कृतिको अंग मानिएको छ । तर, यो लोकाचारका लागि भने होइन । श्रीमान् श्रीमतीबीचको आत्मियता हो यो । श्रीमान र श्रीमतीवीच सबै कुरा हुन्छ, अर्थात् बाँकी केही पनि रहन्न । गोडाको पानी ग्रहण त सामान्य कुरा हो ।

जब यो मामिला समाजमा प्रदर्शनको विषय वस्तु बन्छ अनि विभिन्न टिकाटिप्पणी सुरु हुन्छ । अहिले भइरहेको टिकाटिप्पणी त्यसैको द्योतक हो । जमिनमा टेकेर हिँड्ने भएकोले गोडालाई शरीरका अंगमध्ये अली फोहरी अंग मानिन्छ । जमिनमा अनेकथरी फोहर हुन्छ । त्यही फोहरको निरन्तर सम्पर्कमा सबैभन्दा बढी आउने शरीरको अंग भनेको पैताला तथा गोडाको बुढी औँला नै हो । सामान्य सफाइले पैताला फोहर मुक्त हुँदैन । त्यसैले, गोडाको पानी ग्रहण गर्नुलाई पछिल्ला दिनमा सुसंस्कार नमानेर कुसंस्कार मान्ने गरिएको छ । तर, परम्परादेखि चलिआएको चलन हतपत्ति हट्न सक्दो रहेनछ ।

हुन त हाम्रो संस्कृतिअन्तर्गतका हरेक चालचलनहरू विज्ञानका दृष्टिले समेत उपयुक्त रहेका प्रमाणहरू धमाधम उजागर भइरहेका छन् । गोडाको पानी ग्रहण गर्नुका पनि वैज्ञानिक कारणहरू हुन सक्छन् । यसबारे खोजी गर्नुपर्छ । तर, प्रसारप्रसार गर्नु जरुरी छैन । उदाहरणका लागि पहिले पिर्कामा टुक्रुक्क बसेर खाना खाने चलन थियो ।

यसरी बस्दा गोडा र थाल नजिकै हुन्थ्यो । फोहर टेकेका गोडा खानेकुराको नजिक पर्ने भएकोले रोग संक्रमण हुनु सम्भावना रहन्थ्यो । त्यसैले गोडा धोएर, धोती फेरेर खाना खान बस्ने चलन थियो । थालको वरिपरी पानीको घेरा हालिन्थ्यो । एक गास जति खानेकुरा पानीको घेराको छेउमा हालिन्थ्यो । किटाणुहरू त्यही खाने कुरामा अल्झिउन र थालसम्म नआइपुगुन भन्नाका लागि त्यसो गर्नु बैज्ञानिक दृष्टिले पनि उपयुक्त थियो । साथै, खाना खाँदा बोल्नुहुन्न भन्ने चलन थियो । यसको कारण हो, खाना खान ढिलाइ नहोस् । भुइँमा राखिएको खाना खान ढिलाइ भयो भने किटाणु संक्रमणको सम्भावना बढ्थ्यो । साथै सकेसम्म आफैँ र नभए आफन्तले पकाएको खाना मात्रै खाने चलन थियो । आफू र आफन्त बाहेककाले खाना बनाउँदा लापरवाही गर्न सक्छन् भन्ने मनसायका साथ यसो गरिएको थियो । यदी घिउ हालेर पकाइएको छ भने अरूले पकाएको खाना खान पनि मिल्थ्यो, चिनी घिउ हालिएको खानामा किटाणुको संक्रमण ढिलो हुन्छ ।

किटाणुहरू त्यही खाने कुरामा अल्झिउन र थालसम्म नआइपुगुन भन्नाका लागि त्यसो गर्नु बैज्ञानिक दृष्टिले पनि उपयुक्त थियो । साथै, खाना खाँदा बोल्नुहुन्न भन्ने चलन थियो । यसको कारण हो, खाना खान ढिलाइ नहोस् । भुइँमा राखिएको खाना खान ढिलाइ भयो भने किटाणु संक्रमणको सम्भावना बढ्थ्यो । साथै सकेसम्म आफैँ र नभए आफन्तले पकाएको खाना मात्रै खाने चलन थियो । आफू र आफन्त बाहेककाले खाना बनाउँदा लापरवाही गर्न सक्छन् भन्ने मनसायका साथ यसो गरिएको थियो

यी र यस्ता वैज्ञानिक कारणहरू गोडाको पानी ग्रहण गर्ने, गोडामा निधार राखेर ढोग्ने, साष्टांग दण्डवत गर्ने, परम्परा तथा संस्कारमा नभएका होइनन् । यसका पनि विधि होलान् । उदाहरणका लागि जीवित कन्यालाई देवी या कुमारीका रूपमा पूजा गर्ने तथा ढोग्ने प्रचलन हाम्रो मुलुकमा छ । जो पायो उहिले गोडामा ढोग्न या पुजा गर्न पाउँदैनन् । रजश्वला हुने उमेर पुगेपछि उनले कुमारी बनिरहने अवसर पनि पाउँदिनन् ।

हाम्रो धर्म शास्त्रमा भनिएको छ –‘जसले वेदका मन्त्र विधिपूर्वक सिकेको छ र स्पष्ट एवं विधिपूर्वक उच्चारण गर्ने गरेको छ, उसले जहाँ पायो त्यहीँ, जहिले पायो त्यहीले, जसलाई भेट्यो त्यसलाई आफ्ना गोडा नढोगाउनु ।’ तर हाम्रा तथा कथित पण्डित तथा गुरुहरू फलानोले मेरो गोडा किन ढोगिदिएन भन्दै भित्रभित्रै मुर्मुरिएको देखिन्छ । अरूलाई आफ्नो गोडा ढोगाउँदा आफू ठूलो मान्छे भएको ठान्नेहरूको जमात कम छैन । श्रीमान्ले श्रीमतीलाई त्यही दम्भका आधारमा गोडा ढोगाउने प्रचलन पनि नभएको होइन ।

शास्त्रीय मतअनुसार गोडा ढोग्नुसँग साष्टांग दण्डवतको विधि जोडिएको छ । छाती, निधार, दुई आँखा, मन, वचन, गोडा, दुई हात, दुई घुँडा नै झुकाएर वा भुइँमा टेकाएर लौरोजस्तो सिधा भई गरिने अभिवादनको विधिलाई साष्टांग दण्डवत् प्रणाम भनिएको छ । यसैगरी, स्त्रीका लागि पञ्चांग प्रणामको विधान गरिएको छ । घुँडा पछाडी दोबारेर टेकी दुवै हात अगाडि टेकेर निधार भुइँमा टेकाउनुुलाई पञ्चांग प्रणाम गर्नु भनिएको छ । दुवै प्रणाम योगका विधिभित्र पनि पर्दछन् । वन्दनीय व्यक्तिमा रहेको सकारात्मक ऊर्जालाई गोडाको बूढी औँलामार्फत् आफूमा सार्ने विधि नै दण्डवत् गर्नुको प्रमुख कारण हो । त्यसैले ढोग्ने र ढोगाउने दुवै व्यक्तिको मनमा क्रमशः ऊर्जा लिने र दिने शक्ति हुनु अनीवार्य छ भनिएको छ ।

चरणस्पर्श, नमस्कार, गुड मर्निंग वा अन्य शाब्दिक नमस्कार वा हात ढोगाउँदा पनि पुग्दछ तर त्यसको शब्ददृश्य वा भिडिओ सामाजिक सञ्जालमा प्रवाह गर्नु जरुरी छैन । सामाजिक सञ्चालमा आइसकेपछि आन्तरिक मामिला रहँदैन । सामाजिक सञ्जालमा प्रवाह गर्ने, नकरात्मक टिप्पणी आउना साथ मेरो आन्तरिक मामिला भन्ने गरेको पनि देखियो । म पनि जीवित छु है भनेर देखाउन पनि सामाजिक सञ्जालमा केही न केही पोस्ट गरिरहने चलन छ । धर्मका मूल रहस्य नबुझी सतही प्रतिक्रिया दिने चलन पनि त्यतिकै छ । साँचो अर्थमा भन्नु पर्दा हाम्रो मुलुकमा हिन्दू धर्मको ज्ञान मार्गलाई ओझेलमा पारेर भक्ति मार्ग अवलम्बन गरिएको छ ।

ज्ञान मार्ग विनाको भक्ति मार्गले सामन्तवादलाई टेवा पु¥याउँछ । अहिले समाजिक सञ्जालमा देखिएका केही प्रतिक्रिया त्यसैका परिणाम हुन् । पशुपति धाउँदैमा कोही हिन्दू, स्वयम्भू धाउँदैमा कोही बौद्धमार्गी, मस्जिद धाउँदैमा कोही मुसलमान र चर्च धाउँदैमा कोही क्रिश्चियन हुँदैन । मन्दिर धाउने जति सबै धर्मात्मा र मन्दिर नधाउने जति सबै पापी हुँदैनन् । हरेक प्राणी तथा वस्तुका आ–आफ्ना धर्म हुन्छन् । उदाहरणका लागि आगोको धर्म ताप दिनु हो, रूखको धर्म छाहरी तथा अक्सिजन दिनु हो, मानिसको धर्म ज्ञान आर्जन गर्नु हो । ज्ञान आर्जनकै लागि क्रियाकलाप गरिन्छन् ।

शरीर शुद्धिविना ज्ञान आर्जन सजिलो हुन्न । शरीर शुद्धिका लागि व्रत बसिन्छ । व्रतका पनि विधान छन् तर धेरैले विधान नवुझी व्रत बस्छन् । शास्त्रीय मान्यता अनुसार विधान नबुझी व्रत बस्नु भनेको कुनै कारण विनाको कार्य हो । वास्तवमा कारण विना कार्य नै हुँदैन । त्यसैले विधान नबुझी व्रत बस्नु भनेको शरीर सुकाउनु मात्र हो । मनमा तत्–तत् धर्मलाई धारण गर्ने क्षमता हुनु पर्दछ । आ–आफ्ना धर्मग्रन्थका कुरा धारणा गर्न नसक्ने व्यक्तिले धर्मको कुरा गर्नु नै बेकार हो भनिएको छ । फेसनका रूपमा धर्मलाई, संस्कृतिलाई, संस्कारलाई र परम्परालाई जीवित राख्न खोज्नुको कुनै अर्थ रहन्न ।

प्रतिक्रिया