इनरुवामा सनराइज बैंकको शाखा

काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सप्तरी स्थित इनरूवामा १२४औँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरmवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।

इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले संयुक्त रूपमा एटिएम को उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । सोही उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउँदै लाने बताए ।

प्रतिक्रिया