महिला लघुवित्त वित्तीय संस्थाको मर्जर गर्न समिति

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफूसँग उदेश्य मिल्ने अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर गर्नका लागि तीन सदसिय समिति गठन गरेको छ ।

संस्थाको २०७६ बैशाख ३० गते भएकोे प्रथम तथा प्रारम्भिक साधारण सभाबाट संस्था मर्जर गर्नका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय भए अनुसार उक्त समिति गठन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए ।

संस्थाले मर्जरका लागि गठन गरेको समितिको संयोजकमा सञ्चालक समितिका सदस्य डा.इमानसिहं गुरुङ, सचिवमा प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने सदस्यमा सञ्चालक आमोदकुमार श्रेष्ठ रहेको तीन सदसीय मर्जर कमिटी गठन गरेको छ ।

हाल देशभर पचाँसभनदा बढी शाखा बिस्तार गरीसकेको उक्त संस्थाले आउने आगामी मंसिर २७ दोस्रो साधारणसभा गरी संस्थालाई अझै मजबुद र विस्तार गर्ने योजना बनाउने जनाएको छ ।

प्रतिक्रिया