पाँचथरमा उप–चुनावका लागी मनोनयन दर्ता

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा आठ दलको मनोनयन दर्ता भएको छ । बुधबार दर्ता भएको उमेद्धारीले आगामि मंसिर १४ गते हुने उपचुनावको लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदको लागि हो । यँहा आठ राजनैतिक दलले मनोनयन दर्ता गराएका हुन । नाराजुुस सहित नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को तर्फबाट विरबहादुर कुरुम्बाङले दर्ता गराए । त्यस्तै नेपाली काँग्रेसबाट विर्जहाङ आङदेम्बे, समाजवादि पार्टिबाट विमला आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट सुसुहाङ चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेन चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेसनबाट उदय सुनुवार, राप्रपा संयुक्तबाट मोतिप्रसाल लिम्वू र राष्ट्रिय जनमुक्तिबाट इच्छा चेम्जोङले मनोनयन दर्ता गराएका छन । उपनिर्वाचनका लागि फाल्गुनन्द गाँउपालिकामा १६ हजार ५ सय ७७ जना मतदाता रहेका छन ।

निर्वाचन अधिकृतको कार्यालयले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको थियो । दलहरुको उम्मेद्वारीको मनोनयन दर्ताका क्रममा साँस्कृतिक झाँकी सहितको ¥याली निकालेका थिए । यस्तै हिलिहाङ गाँउपालिका वडा ७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय हिलिहाङका अनुसार वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट गेहनाथ रिजाल, नेपाली काँग्रेसबाट तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तुलप्रसाद पन्थाक, समाजवादी पार्टीबाट भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मुक्तिनाथ खनाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेद्वारी दर्ता गराएका थिए । यस्तै फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा सात राजनितिक दलले मनोनयन दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट गजाधर भट्टराई, नेपाली काँग्रेसबाट शुवराज थापा, समाजवादी पार्टीबाट गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कल्पना राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिकबाट जानुका थाम्सुहाङले उम्मेद्वारी दर्ता गराएका हुन ।

दर्ता भएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । जिल्लामा हुन गईरहेको उपचुनाव मध्ये यसअघिको निर्वाचनमा फाल्गुनन्द गाउपालिका र फिदिम नगरपालिका–१ मा काँगेसको उमेरद्धारले बाजि मारेका थिए भने हिलिहाङ–७ मा साविकको एमालले जितेको थियो । यी तीनै स्थानका अध्यक्षहरुको निधन भईसकको हो । मनोनयन पछि सबै दलका नेता तथा कार्यकर्ताहरुले ठाउठाउमा कोणसभाको आयोजना समेत गरेका थिए ।

पmाल्गुनन्द पालिकामा नेकपालाइ भाषाबिरोधीको आरोप लगाउदै चुनाविनारा लगाए को बिषयमा नेकपालेभनेको छ , भ्रम र नियम बिपरीत पालिकाले शिक्षक नियुक्ती गरेको जनाएको छ । प्रदेश एक सरकारका अर्थमन्त्री ईन्द्र बहादुर आङवो मौसमले भाषा प्रवन्धकालागी सबै बिध्यालयहरुमा अनुदान रकम बिनियोजन गर्ने जनाएका छन ।

प्रतिक्रिया