११ जना बालबालिकाको उद्धार

मुगु । जिल्लाका विभिन्न गाउँबस्तीबाट पढाइको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ । पढाइको प्रलोभनलगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको हो ।

राष्ट्रिय बाल अधिकार परिषद्, महानगरीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र लगायतको पहलमा गहेको १६ असोजमा मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको थियो । उद्धार गरिएका ११ जना बालबालिका मध्ये साझा सवालका लागि साझा मञ्च (कोकन) को पहलमा नौ जना बालबालिकालाई परिवारमा पुनस्र्थापना गराई परिवारको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका बालबालिका मध्ये खत्याड गाउँपालिका–११ का मन्जु ओड तथा छायानाथ रारा नगरपालिका–६ कोटिल्ला गाउँका गोविन्द बुढा, रामाराज बुढा, लोकेश ऐडी, कृपाराम ऐडी, दिनेश ऐडी, सुदिन ऐडी सुजता ऐडी र रमित भण्डारी रहेका छन् । बाँकी दुई जना बालबालिकाको बुबाआमा पत्ता नलागेकाले साझा सवालका लागि साझा मञ्च (कोकन) को जिम्मामा काठमाडांै राखिएको साझा सवालका लागि साझा मञ्च (कोकन) का कार्यकारी निर्देशक केशव घिमिरेले जानकारी दिए ।

उनका अनुसार बाँकी दुई जना बालबालिकाको आमाबुबा खेजतलास भइरहेको र पत्ता लागेमा दुई बालबालिकालाई पनि परिवारमा पुनस्र्थापना गराइने बताए । काठमाडांैको कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट उद्धार गरिएका बालबालिका मध्ये खत्यडा गाउँपालिका–११ रातापानीका एक जना र बाँकी सबै छायानाथ रारा नगरपालिका–६ कोटिल्ला गाउँका रहेका छन् ।

उद्धार गरिएका बालबालिकालाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुमा एक औपचारिक कार्यक्रमको आयोजना गरी निमित्त प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली, स्थानीय जनप्रतिनिधिको रोहवरमा परिवारको जिम्मा लगाइएको कोकनका निर्देशक घिमिरेले बताए ।

यसैबीच छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष हर्क ऐडीका अनुसार अभिभावकलाई बालबालिकाहरू आपूmले काठमाडौं नपठाउन आग्रह गरेको पनि बताए । सिफारिस पनि नगर्ने भन्ने विचारले सिफारिस पनि केही दिन रोकेको जानकारी गराउँदै अभिभावकको जिद्धीले सिफारिस दिन बाध्य भएको बताए । तर, बालबालीकाको यस्तो हबिगत भयो । आगामी दिनको यस्तो गल्ती नगर्ने प्रतिबद्धतासमेत गरे ।

यसैबीच पुनस्र्थापना कार्यक्रममा बोल्दै अभिभावकले लोभलालचले बालबालिकालाई काठमाडांै पठाएका थियौँ तर यस्तो होला भन्ने लागेको थिएन । समयमै सहयोग गरे बालबालिकालाई परिवारको जिम्मा लगाई दिए सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवादसमेत व्यक्ति गरे ।

उद्धार गरिएका नौ जना बालबालिकालाई स्टेसनरी सहयोग गरी परिवारको जिम्मा लगाई पुनःस्थापना गरिएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) को सहयोगमा परिवारमा पुनःस्थापानसँगै बालबालिकाको पढाइमा सहजताका लागि स्टेसनरी सामग्री, ड्रेस सहयोग गरी परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया